काठमाडौं । नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले बुधबार एक सूचना जारी गर्दै १० लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
टेलिकमका अनुसार ढुवानीका क्रममा सी.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्डहरु हराएका हुन् ।
उल्लेखित सि.नं. भएका रिचार्ज कार्डहरु भेटिएमा खरिद तथा बिक्री वितरण नगर्न टेलिकमले आग्रह गरेको छ । त्यस्तै, यी सि.नं. भएका रिचार्ज कार्डहरु भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन पनि टेलिकमले आग्रह गरेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
तर, टेलिकमले रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाए पनि आन्तरिक रुपमा कर्मचारीले नै चोरेको आशंका गरिएको छ । सो विषयमा पनि आन्तरिक रुपमा थप छानविन भईरहेको टेलिकम स्रोतले बताएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong