एघार वर्षपछि भगवान भेटिँदा राज लिम्बूको खुशी, भगवान बनेर आए डा. सन्दुक रुइत

Blog

डा. रुइतले भने दृष्टिविहीनलाई संसार देखाउनु आफ्नो कर्तव्य भएको बताउनुहुन्छ । विरामीले आँखाको ज्योति पाउँदा आफूलाई सबैभन्दा बढी खुशी प्राप्त हुने उनको भनाइ छ । अहिले भने लाखौँ लाखले सम्झिने र पुजिने साक्षात् भगवान् भएका छन् उनी स्वयम् । कारण– अन्धोपन हटाएर लाखौँ मानिसलाई उज्यालो दिएका छन् ।

एघार वर्षपछि भगवान भेटिँदा राज लिम्बूको खुशी: शारीरिक अपांगता मध्येको सबैभन्दा दुःखद अपाङ्गता भनेको दृष्टिविहीन हुनु हो भनेर भनिन्छ, किनकि जीवनका अनुभव मध्ये दुईतिहाइ भन्दा बढी अनुभवहरु मानिसले आँखाको माध्यमबाट लिइरहेको हुन्छ। त्यसमा पनि जन्मजात दृष्टिविहीन हुनुको पिडा भन्दा जिवनमा पछि गएर दृष्टि गुमाउनुको पिडा धेरै गाढा हुन्छ, किनकि आफुले आँखाको माध्यमबाट देखिरहेको, भोगिरहेको सुनौलो संसार एकाएक निष्पट अँध्यारो हुन पुग्छ।

१० बर्षको उमेरमै मोतिबिन्दुको कारणले आफ्नो दृष्टि गुमाउनपुगेका राज लिम्बू यस्तै अन्धकारपुर्ण जीवन जिउन अभिसप्त थिए। तर उनले दृष्टि गुमाएको ११ वर्षपछि भगवानको रुप लिएर उनलाई दृष्टि दान गर्न उनको गाउँ आइपुगे डा. सन्दुक रुइत र उनको टिम। लालीगुराँस नगरपालिकाको निमन्त्रणामा तिलगंगा आँखा अस्पतालको आखाँ शिविरको नेतृत्व गर्दै पुगेका डा. सन्दुक रुइत र डा. होमको टिमले २२३ भन्दा बढी व्यक्तिको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउँदै गर्दा भाग्यमानी भएका मध्येका राज लिम्बू पनि एक थिए।

डा. रुइतले उनको आँखाको पट्टी हटाए पश्चात उनले खुशीले गदगद हुँदै अङ्कमाल गरेर डा. रुइतलाई धन्यवाद दिएर खुशी साट्दै गर्दाको दृश्यले सबैलाई भावविह्ल बनाएको थियो। सायद यस्तै हजारौं राज लिम्बुहरूको आशिर्वादले नै डा. सन्दुक रुइतलाई दृष्टिका देवता बनाएको हो। Story: Mayjan Namdung/Atank Basnet

डाक्टर सन्दुक रुइतको नाम लिने वित्तिकै मानिसहरु श्रद्धाले उनलाई ‘गड अफ लाइट’ भन्दै पुकार्छन् । उनलाई शहरमा भेट्न निकै कठिन हुन्छ । तर, दुरदराजका गाउँबस्तीहरुमा झोला बोकेर उकाली ओरालीगर्दै हिँडेको सजिलै भेट्न सकिन्छ, आँखाको ज्योति फर्काउदै गरेको अवस्थामा । हुने खानीहरु त विश्वका जुनकुनै ठाउँमा रहेका हस्पिटलमा उपचार गर्नसक्छन् ।

तर, एक छाक खान विहानसाँझ हाडछाला घोट्नेहरुले के गर्नु ? शायद त्यही भएर होला डाक्टर रुइतलाई ‘गरिवका ज्योति’ पनि भनिन्छ । अन्धोपन बेहोरिरहेका मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही हुन सक्दैन । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा.रुइत नेपालका गाउँबस्तीमा मात्र होइन विश्वका ७० मुलुकमा कतै आफै त, कत्तै आफूले आविस्कार गरेको सजिलो र सस्तो प्रविधि मार्फत पुगेका छन् ।

सस्तो मूल्यमा गुणस्तरीय ‘आइओएल लेन्स’का आविस्कारक उनी नै हुन् । उनी आफैले अहिलेसम्म एक लाखभन्दा बढी मोतिबिन्दु भएका मानिसको शल्यक्रिया गरिसकेका छन् । पाँच मिनेटमा एक जनाको अप्रेसन सजिलै गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *