दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि…

Blog

दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि…नेपालमा एक पुरुषले अर्को पुरुषको श्रीमती भगाउने अनि श्रीमती भगाउने पुरुषको श्रीमती अर्को पुरुषले पनि भगाई दिएको घटना यदाकदा घट्ने गरेको छ । तर, महिलाले श्रीमान साटेको कुरा सुन्न पाइँदैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तर इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटिन् । ती दुई महिलाले एक रातको लागि एक अर्काका श्रीमान साटेका थिए । तर, अहिले ४० वर्षपछि ती महिलाले त्यो आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् । ती महिलाका अनुसार उनले एक किताबबाट यो आइडिया लिएकी थिइन् । तर, यो आइडियाले उनको जिन्दगी बर्बाद गरिदियो । अहिले यो घटना भएको ५० वर्ष बितिसकेको छ तर पनि महिलालाई आफ्नो पुरानो कामप्रति ठूलो पछुतो छ । उनले यो कुरा हालै लेखिएको एक किताबमा उल्लेख गरेकी छिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

इङल्याण्डको केन्टमा बस्ने ७८ वर्षकी केय मोरियार्टीले हालै एक किताबमा खुलासा गरेकी छिन् कि ७० को दशकमा उनले गरेको एक गल्तीले कसरी उनको जिन्दगी बर्बाद गरिदियो । त्यतिबेला केय आफ्ना श्रीमान रोबर्ट र दुई सन्तानका साथमा इङल्याण्डको साउथ कोस्टमा बस्थिन् ।

यी दुईको बिहे हुँदा केय १९ वर्षकी र रोबर्ट २३ वर्षका थिए । केयका अनुसार त्यतिबेला उनले एक किताब पढेकी थिइन् जसमा एक रातको लागि पति साट्ने बारेमा उल्लेख थियो । उनको यौन जीवन त्यतिबेला राम्रो थिएन त्यसैले उनलाई यो आइडिया निकै मन पर्‍यो
त्यसपछि उनले त्यो किताब छिमेककी अर्की महिला रीटालाई पढ्न दिइन् । रीटा पनि उनको कुरामा सहमत भइन् । त्यसपछि ती दुईले तय गरे कि आ–आफ्ना पतिलाई यो कुराको लागि मनाउने छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जब दुवैका पतिले यो कुरा थाहा पाए, रोबर्ट त सुरुमा यो कुराको लागि तयार नै भएनन् तर पछि माने । पतिलाई तयार गरेपछि दुवै परिवारले २ हप्ताको लागि एकसाथ विदामा जाने योजना बनाए । दुई हप्ताको लामो विदाको क्रममा दुवै जोडी अलग अलग पार्टनरसँग रहे । यस क्रममा त्यहाँ केय र रीटाका पति टेरी एकसाथ थिए । रोबर्ट र रीटा एकसाथ रहे । जब एक जोटी बच्चाहरुको हेरचाहको लागि रोकिन्थ्यो अर्को जोडी साथ समय बिताउनको लागि बाहिर निस्कन्थे ।

दुई हप्ताको विदाको क्रममा दुवै महिलाले २ रातको लागि एक अर्काका पति साटे । त्यसपछि दुवै जोडी घर फर्किए । तर, घर फर्किंदासम्म सबथोक बदलिइसकेको थियो । घर आएपछि रीटा र रोबर्टले आफूहरु छुट्टै गृहस्थी बसाउने भने र सबै ४ बच्चाहरु आफूहरुसँगै बस्ने बताए । यो कुरा सुनेपछि केयलाई निकै ठूलो झट्का लाग्यो । उनले बुझ्न सकेकी थिइनन् कि यो के भइरहेको छ । विवश केय र टेरीले पनि साथमा जीवन बिताउने निर्णय गरे । छोराछोरीको बारेमा विवाद भएपछि अन्ततः केयकी कान्छी छोरी रशेल र टेरीकी कान्छी छोरी उनीहरुसँग बस्ने भए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यसपछि रोबर्ट र रीटा उत्तर पूर्वी इङल्याण्डमा गएर बस्न थाले । केय र टेरी दक्षिणी तटीय क्षेत्रमा गएर बस्न थाले । केयका अनुसार टेरी निकै रिसाहा थिए । यही कारण उनीहरुबीच हरेक कुरालाई लिएर निकै बहस हुन्थ्यो । ७ वर्षसम्म साथमा रहेपछि केय र टरीले हार माने र सम्बन्धविच्छेद गरे । त्यसपछि केयले छोरी रशेलसँग जिन्दगी बिताउन सुरु गरिन् । केयका अनुसार त्योघटनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पितासँग कहिल्यै सम्पर्क भएन ।

अहिले केयको उमेर ७८ वर्ष भएको छ तर अझै पनि उनी यो दुखद् घटनाबारे नै सोचिरहन्छिन् । उनका अनुसार उनी रोबर्टसँग प्रेम गर्दिनथिन् तर पनि उनीहरुले सन्तानको लागि एउटा प्यारो घर बनाएका थिए । तर, त्यो एक घटनाले रशेललाई आफ्ना दाजुबाट अलग गरिदियो र पितासँग उनको नातालाई बर्बाद गरिदियो । केयले यी सबै अनुभवलाई एउटा किताबमा लेखेकी छिन् । किताबको नाम ‘द हस्बेण्ड नेक्स्ट डोर’ हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *