कठै किसानको जिन्दगी खेतमा पानी सिचाई गर्ने बेला करेन्ट लागेर मृत्यु, फोटो छोई रिप लेख्नुहोला !

Blog

२६ साउन, काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन सुरु हुनु केही दिन मात्रै रियल मड्रिडका गोलकिपर थिबाउट कोर्तवा घाइते भएका छन् ।

प्रशिक्षणका क्रममा उनको बायाँ घुँडामा चोट लागेको हो । एसिएल च्यातिएपछि उनले नयाँ सिजनको अधकांश समय गुमाउने भएका छन् ।

३१ वर्षीय बेल्जियन खेलाडी कोर्तवाको केही दिनमा घुँडाको शल्यक्रिया गरिने क्लबले जाएको छ ।

गत वर्षको बालोन डे’ओर अवार्ड कार्यक्रममा कोर्तवा बेस्ट गोलकिपर घोषित भएका थिए । सन् २०१८ मा रियलमा अनुबन्ध भएपछि उनले दुई पटक ला लिगा उपाधि जितेका छन् । उनले रियलका लागि २३० खेल खेलेका छन् ।

रियलले कोर्तवा बिनै सिजनको पहिलो खेलमा शनिवार एथ्लेटिक विल्वाओसँग खेल्नेछ ।

कोर्तवाले रियल जानुअघि प्रिमियर लिग क्बल चेल्सीबाट दुई पटक लिग जितेका थिए उनले २०१४ मा एट्लेटिको मड्रिडबाट खेल्दै ला लिगा जितेका थिए । २०२२ मा रियलबाट च्याम्पियन्स लिग समेत जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *