गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्। सुनसान जंगलमा सामान्य आवाज आयो।
**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो। उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आक्रमण गर्दा उनलाई डर मात्रै लागेन, सहास पनि बटुलियो।
‘बाघले झम्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झम्टियो। उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै डर लाग्यो। चिच्याएँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कुहिनामा चोट लागेको छ। बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मारेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए।
उनका अनुसार बाघको आक्रमणबाट बाँच्न सफल थारुको राप्तीसोनारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघले मारेको जानकारी दिए।यो खबर बुधबार बिहानको हो। बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आक्रमण गरेको थियो। बाघसँगको लडाइँपछि उनी बाँच्न सफल भएकी छिन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****