कठै! आमाको शरीर कु’हीएर किरा पर्दा समेत छोरा बुहारी हेर्न आएनन, भन्छन मरे पछी किरिया गर्न आउछौ (भिडियो सहित)

Blog

गुल्मी । संघ र प्रदेशमा बजेट बहस चलिरहेको छ । स्थानीय सरकार बजेटको चाँजोपाँजोमा व्यस्त छ । कार्यकर्ता प्रदेशमा समावेश भएका योजना फेसबुकमा पोस्टाएर नेताहरुको भक्तिगान गरिरहेका छन् ।

तर, मुसिकोट नगरपालिका–३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन् । उनको घर बागलुङको बडिगाड गाउँपालिका–२ दनियाँ हो । उनी श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन बर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन्

सयौ पटक छोरालाई कल गर्दा उठाएनन । बुहारी संग भयो कुरा । हस्पीटल लैजाने तैयारी यस्तो छ ।माईतीले बनाइदिएको सानो बास छ । अर्मपर्म गरेर भएपनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदैँ गएकाले अहिले किरा परेर बेहाल भएको छ ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला
उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दिसापिसाब गर्छिन् ।
दिसापिसाव र खुट्टा कुहिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन” उनले रुदै भनिन, “बाँच्नभन्दा छिटै लैजा दैव ।” पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर, कुनै वास्ता गरेनन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यवस्था नभएको छिमेकीको आरोप छ । पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् ।मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ” स्थानीय जुना रानाले भनिन, “श्रीमान मरे छोराले वास्ता गरेर, वडाध्यक्षले सुनेने अस्पताल लैजाने कोहि भएन ।”यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिब्रो टोक्ने र आँखा चिम्लिने धेरै भए । स्थानीय सरकारले वा सरकारका कुनै निकायले बेलैमा रानाको उपचार गर्ने बिकल्प नखोजे ज्याननै जाने निश्चित छ ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्यविधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोल

अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने उनले बताए । तर पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको समस्या भइरहेको छ । शारिरीक तथा मानसिक समस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएकाले सहयोग गर्न नसकिएको जिसीले बताए । हेर्नुहोस भिडियो:यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *