काठमाडौं । आज सम्म तपाईँले एक बाख्राले कतिसम्म पाठा–पाठी जन्माएको देख्नु वा सुन्नु भएको छ ?
सामान्यतयाः एक, दुई, तीनसम्म हामीले देखेका वा सुनेका छौँ । तर एक बाख्राले ५ वटा पाठा जन्मायो भन्दा तपाँईलाईँ विश्वास लाग्छ ?
हो यो सत्य घटना हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो कुरा बाहिर आएको छ ।
यहाँ गुर्भाकोट नगरपालिका–९ भालुखोलामा एक बाख्राले ५ वटा पाठा जन्माएको हो । गुर्भाकोट नगरपालिका–९ मा युवराज वलीको घरको बाख्रीले ५ वटा पाठा जन्माएको हो ।
स्थानीय युवा समाजसेवी वीरेन्द्र वलीका अनुसार उक्त बाख्राले यो भन्दा अगाडीसम्म दुई वटा मात्र पाठा दिने गर्थ्यो तर यसपटक भने ५ वटा पाठा जन्मायो ।
यो नगरपालिकामा हाल सम्मकै नौलो कुरा हो । बाख्रा उन्नतजातको रहेको पनि वलीले जानकारी दिए ।म त्यति बेला निकै अलमल थिएँ’, तिवारीले आफू निकै भावुक भएका कारण आफूले केही नसोची सन्यासको घोषणा गरेको बताए । ‘मानिसले कहिले कहीँ गल्ती गर्छ मैंले पनि त्यहि गरेँ, पछि पुनर्विचार गरेर मैले सन्यासबाट एक वर्ष पछि हटेको हुँ’, उनले भने, ‘बंगाल क्रिकेटले मलाइं सबैथोक दिएको छ । त्यसैले मैले पनि बंगाललाई एक वर्ष दिने निर्णय गरें । अर्को वर्ष सन्यासको घोषणा पछि भने म पुन फर्किन्न । म थोरै स्वार्थी भएको थिएँ । मैले केही दिनमा महसुस गरें कि यो सामुहिक निर्णय होइन ।’
गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
तर, परराष्ट्र मन्त्रालयले सो संस्था दर्ता गर्न नमानेपछि लामाले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो संस्था दर्ता गर्न आदेश दिएको संस्थाका संयोजक लामाले जानकारी दिए ।
सर्वोच्चको फैसलासँग गैरआवासीय नेपालीहरुको वैधानिक रुपमै एकभन्दा बढी संस्थाहरु हुने भएका छन् ।
गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्’ भन्ने व्यवस्था छ । गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ ।
ऐनको यही व्यवस्थाबमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएर सञ्चालनमा छ । यो संघ सन् २००३ मा स्थापना भएको हो ।