लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ
काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।
लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।
…बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्ती बाट बिदा हुनु भयो । दशैको टिका लगाउदा भन्नु भाथ्यो अर्को सालको दशै म नहुन पनि सक्छु भनेर ! सायद हजुर लाइ थाह थियो होला यि कुरा तर मलाइ भन्नु भएन किन? जे होस् मेरो बुवाको जेठो छोरा म … मेरो बुवा को अधुरा सपना हरु सके सम्म पुरा गर्नेछु । म बाट सदाको लागी बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तीको कामना बुवा हजुर ! मरन सत्य छ तर म सङ्ग झझल्को र आसु बाहेक केहि छैन बुवा!!!
यो पनि पढ्नुस,लमजुङको रोधीदेखि लोकदोहोरीका ‘बादशाह’सम्म गाउँका सबै लाहुरे थिए । लाहुरे हुने फेसन नै चलेको थियो । लमजुङमा हुँदा घरको आर्थिक अवस्थाका कारण उनले जागिर खाने सोच गरे । एकपटक लाहुरेको छनोटमा गए । तर तौल पुगेन । उनी घर फर्किए ।
कुनै समय लोकदोहोरी गायनमा एकछत्र राज गरे गायक राजु परियारले । त्यसताका लोकदोहोरी क्षेत्र राजुमय थियो । उनलाई लिएर गीत बनाउन तँछाडमछाड हुन्थ्यो । उनले स्वर नै नभरेपनि नाम मात्रैले पनि गीति एल्बम बिक्थे । एक हिसाबले त्यसबेला लोकगीतका एक्ला बादशाह थिए उनी ।
गीत रेकर्डिङ, मेला, महोत्सव सबैतिर राजु परियार छाउँथे । करिब सात–आठ वर्ष लोक संगीतमा एकछत्र राज गरेका राजुको स्वर नचिन्ने र नसुन्ने सायदै लोक संगीतप्रेमी होलान् ।वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धो’को छु, फूलको थुंगामा, सुनपानीले छर्क मायालु जस्ता थुप्रै गीत उनका चर्चित छन् ।