तीन महिनादेखि रेष्टुरेन्टमा ब-न्धक बनाइएका तीन किशोरीको उद्धार

Blog

काठमाडौं, ९ फागुन । कैलालीमा रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको प्रहरीले उद्धार गरेको छ । धनगढीस्थित् टिनटिन रेस्टुरेन्ट एण्ड बारमा ३ महिनादेखि बन्धक बनाइएका तीन किशोरीहरुको आज उद्धार गरिएको हो ।

काम गराउने भन्दै रेष्टुरेन्ट सञ्चालकले बाहिर निस्कन र तलब पनि नदिएको जानकारी आएपछि प्रहरीले छानबिन अगाडी बढाएको थियो ।
बन्धक बनाउने रेष्ट्रेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन् ।
बैंकबाट हुँदै नभएको सुन तमसुखमा चढाएर पूर्ण राइ र देवानन्द राइले २०७४ साल यता महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिएका रहेछन् ।

राइद्वयले आफ्नो नाममा मात्र होइन, आफुकहाँ काम गर्ने कुल ११ जना कर्मचारीहरुको नाममा पनि पटक–पटक गरी ऋण लिए । र तिनै कर्मचारीहरु मध्येका दुई उनीहरु रहेछन् ।

देवानान्द राईले ऋण नतिरेपछि यस विषयमा बैंकले छानविन सुरु गर्यो । छानविनका क्रममा धितो राखिएको सुन र तमासुखमा भनिएको सुनको हिसाबकिताब नमिलेपछि यो प्रकरण बैंकको आन्तरिक अनुसन्धान हुँदै सीआइबीसम्म पुग्यो र सीआइबीले बैंकमा ठुलो घोटाला भएको निष्कर्ष निकाल्यो ।

त्यसपछि सीआइबीले भकाभक मान्छे पक्रिन थाल्यो जसमा देवानन्द राईका निर्दोष कर्मचारी पनि पक्राउ परेका छन् ।

प्रहरीसँगको बयानमा देवानान्द राईले बैंकका कर्मचारीहरुकै मिलेमतोमा सो काम भएको आशय प्रस्तुत गरेपछि प्रहरीले बैंकका तत्कालीन शाखा प्रबन्धकसहितका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो ।अहिले यी दुई युवा कगजी झमेलामा परेका छन् ।

बैंकमा उनीहरुकै नाममा ऋण देखिएको छ जवकी उनीहरुका मालिकले जालसाझी गरी उनीहरुका नाममा ऋण लिएर आफैं चलाएका थिए । कानुनले उनीहरुलाई दोषी देख्ने सम्भावना ठुलो छ, जवकी उनीहरु यथार्थमा निर्दोष रहेको उनीहरुको दाबी छ ।

यसो त यो गल्ती त महालक्ष्मी बिकास बैंक हो नी । ठगसँग मिलेर बचतकर्ता र शेयर धनीको रकममा रजाई गरिएको हो । यो बैंकहरुलाई माफियाहरुले ठुलो रकम कुम्ल्याउने र सोझालाई फसाउने अखडा भन्दा केही फरक पर्दैन ।

नियामक नेपाल राष्ट्र बैंकले समेत यो बैंकले गर्ने अनेक काण्डमा आँखा चिम्लिंदा समस्या आएको जानकारहरुको तर्क छ । यो त्यही बैक हो जसमा ग्राहकले राखेको करिब २५ तोला सुन केहि समय अगाडी हराएको थियो ।

सो प्रकरण मिडियामा छताछुल्ल भएपछी बैंकले ब्राण्डीङ शीर्षकमा खर्च बुक गरेर पीडीतको सुनवापतको रकम फिर्ता गरेको थियो । यो बैंकका अध्यक्षसमेत सेयर विवादमा बसेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

राखेको सक्कली सुन कुम्ल्याएर ग्राहकलाई नक्कली सुन थमाएको धेरै भएको छैन । यसैले यहाँ शेयर किन्ने, बचत गर्ने र लकरमा धन सुरक्षण गर्ने बेलैमा होस । पुर्याउनुहोस् । नत्र यो लुटेरा बैकले तपाईलाईपनि लुट्न बेर लगाउँदैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *