स्याङ्जामा आफ्नै बावुले १७ बर्षे छाेरीलाई के गरे यस्ताेः बाउ प्रहरी खाे’रमा, छाेरी अस्पतालमा (हेर्नुस भिडियो सहित)

Blog

स्याङ्जामा आफ्नै बावुले १७ बर्षे छाेरीलाई के गरे यस्ताेः बाउ प्रहरी खाे’रमा, छाेरी अस्पतालमा (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस : पोखराका ३ युवालाई मोरङबाट नागरिकता, योजनाकार र नक्कली बाबु कारागार चलान
विराटनगर : झुटो विवरण पेस गरेर कास्कीको पोखरा घर भएका ३ जना युवाले मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको छ।

प्रहरीको अनुसन्धानबाट किर्ते गर्दै झुटा विवरण पेस गरेर पोखरा उपमहानगरपालिका–१० का २१ वर्षीय रविन गुरुङ, पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा–१६ का २९ वर्षीय गणेश गुरुङले मोरङबाट नागरिकता लिएको पत्ता लागेको छ। रविनले सुरज लिम्बू, प्रशान्तले साजन लिम्बू र गणेशले सविन लिम्बूको नामबाट नागरिकता लिएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार तीनै जनाले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०७८ माघ २४ गते नागरिकता लिएका हुन्। उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएको डीएसपी दाहालले बताए। गलत ढंगले नागरिकता लिनेहरु फरार रहेकाले खोजी जारी राखिएको उनको भनाइ छ। तीनै जनाले मोरङको बेलबारी नगरपालिका–११ ठेगाना राखेर नागरिकता लिएको डीएसपी दाहालले बताए।

पोखराका युवाले झुटा विवरण पेस गरेर मोरङबाट नागरिकता लिएको सुइँको पाउनसाथ यसको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए। त्यस क्रममा असार ५ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका–७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ परे।

सूर्यहाङलाई पक्राउ गरेर अनुसन्धान थालेको मोरङ प्रहरीले असार ६ गते सुनसरीको धरान उपमहानगरपालिका–११ का ६० वर्षीय सूर्यबहादुर फ्याङ्ग लिम्बूलाई पक्राउ गरेको थियो। सूर्यहाङ र सूर्यबहादुरले पोखराका युवालाई मोरङ ल्याएर नागरिकता दिलाएको अनुसन्धानबाट पत्ता लागेको एसपी पोखरेलले बताए।

सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व (अवकाश प्राप्त) बेलायती सैनिक हुन्। उनीहरुको चिनजान पल्टनमै भएको थियो। बेलायतका अवकाश प्राप्त सैनिक उनीहरुले बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै पैसा लिएर पोखराका युवालाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। एसपी पोखरेलका अनुसार सूर्यहाङले नक्कली बाबु बनेर नागरिकता दिलाएको यकिन भएको छ।

बाबु बनेर नागरिकता बनाइदिएवापत आफूले ५ लाख रूपैयाँ लिएको सूर्यहाङले आफ्नो बयानमा खुलाएका छन्। नागरिकता लिएर तीनै जना बेलायतको सैनिकमा भर्ती भइसकेपछि ३५ लाख रूपैयाँ पाउने भनेकाले आफू नक्कली बाबु बन्न तयार भएको उनले बताएका छन्। ‘३५ लाख रूपैयाँ दिने भनेपछि ठीकै छ भनेर सहमति दिएको हुँ। बाबु बनेर ३ जनालाई नागरिकता पनि दिलाएँ,’ बयानमा सूर्यहाङले भनेका छन्, ‘नागरिकता बनाएदिएवापत अहिले ५ लाख राख्दै गर्नु भनेर दिएका थिए। अरु पैसा पछि (नागरिकता लिएकाहरु बेलायतको सैनिकमा भर्ती भइसकेपछि) दिने भनेका छन्।’

सूर्यहाङका सन्तान छोरी मात्रै छन्। छोरी मात्रै रहेकाले पनि अरुलाई छोरा बनाएर नागरिकता दिलाउन उनी सफल भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सूर्यबहादुर पोखराका युवालाई सूर्यहाङको सम्पर्कमा पुर्‍याउने भूमिकामा देखिएका छन्। सूर्यबहादुरसँग भने पोखरा नै घर भएका टेकबहादुर गुरुङले सुरुमा चिनजान गराएको खुलेको छ।

‘नक्कली बाबु खडा गरेर नागरिकता लिने युवाहरुलाई टेकबहादुरले सुरुमा सूर्यबहादुरको सम्पर्कमा पुर्‍याएको पत्ता लागेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि सूर्यबहादुरले चिनजानका साथी सूर्यहाङसम्म ती युवालाई पुर्‍याएका हुन्।’ टेकबहादुर पक्राउ नपरेका कारण ती युवाहरुसँग उनले कति पैसा लिए भनेर खुलेको छैन। तर, सूर्यबहादुरले भने नागरिकता बनाउन खोज्ने युवालाई आफूले टेकबहादुरमार्फत सूर्यहाङको सम्पर्कमा पुर्‍याउन समन्वय मात्रै गरिदिएको र रकम नलिएको बयान दिएका छन्।

प्रहरीले सूर्यहाङ र सूर्यबहादुरविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा अनुसन्धान गरेको थियो। अनुसन्धान सकिएपछि पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरसहित नागरिकता लिने ३ युवा तथा टेकबहादुरलाई फरार प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो। वकिल कार्यालयले मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै यस प्रकरणमा संलग्नलाई प्रतिवादी बनाएर झुटो नागरिकता बनाएको कसूरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्‍यो।

न्यायाधीश प्रकाश कोइरालाको इजलासले पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार पछि ठहेर बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा दुवै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश इजलासबाट भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *