गोकुलेश्वर । फिलिपिन्सकी २८ वर्षीया युवतीले आफूभन्दा ४२ वर्ष जेठा अमेरिकी पुरुषसँग बिहे गरिन् । इन्टरनेटबाट चिनजान, प्रेम हुँदै बिहेसम्मको सिलसिलाबारे उनले एक युट्युब च्यानलमार्फत शेयर गरेकी छन् । उनी अहिले फिलिपिन्सबाट अमेरिका सरिसकेकी छन् ।
यो सम्बन्धको कारण युवती ट्रोलको सिकार पनि भएकी छन् । उनले पैसाको लालचमा ७० वर्षे ज्येष्ठसँग बिहे गरेको आरोप मानिसहरूले लगाएका छन् । तर जोडीको भनाइमा उनीहरू प्रेम साँचो हो र यसबाट उनीहरू निकै खुसी छन् ।
खासमा यो कथा २८ वर्षीया ज्याकी र ७० वर्षीय डेभिडको हो । सन् २०१६ मा डेभिड फिलिपिन्समा भएका बेला यी दुईबीच डेटिङ साइटमार्फत चिनजान भएको थियो । त्यहीँबाट उनीहरूबीच मित्रता भयो । अनि भेटघाटको सिलसिला सुरु भयो । यो मित्रता कहिले प्रेममा परिणत भयो, उनीहरूले भेउ पाएनन् ।
ज्याकीलाई भेट्न डेभिड अमेरिकादेखि फिलिपिन्स पुग्थे । दुई जनाले त्यहाँ केही दिन गुजारे । उनीहरू थप नजिकिइरहेका थिए । हरेक दुई महिनामा ज्याकीलाई भेट्न डेभिड आउन थाले । अन्ततः सन् २०१८ मा उनीहरूले बिहे गरे । ज्याकी पनि क्यालिफोर्नियाको ओकल्याण्डमा सिफ्ट भइन् ।
ज्याकीले कोभिड लकडाउनका क्रममा आफ्नो टिकटक अकाउन्ट बनाइन् । त्यसमा आफ्नो जिन्दगीसँग जोडिएका चीज शेयर गर्न थालिन् । उनको एकाउन्टलाई ५० हजारभन्दा बढीले फलो गरेका छन् । तर, प्रयोगकर्ताहरू उनको पोस्टमा विभिन्न खालका कमेन्ट गर्छन । धेरैजसो कमेन्ट नकारात्मक नै हुने गरेको उनीहरू बताउँछन् ।
कतिपयले ज्याकीलाई ’गोल्ड डिगर’, ’ग्रीन कार्ड डिगर’ ‘सुगर गर्ल’ जस्तो शब्दले होच्याउने गरेका छन् । ’मलाई त नातिनीसँग के गरेको हजुरबुबा ?’ भनेर प्रश्न सोध्छन्’, डेभिड सुनाउँछन् ।
यद्यपि, जोडीले यस्ता नकारात्मक कमेन्टलाई वास्ता गर्दैनन् । डेभिड भन्छन्, ‘दुवै जनाले एक अर्कालाई प्रेम गर्छन्, उनीहरू एक साथ जीवन बिताउन चाहन्छन् भने उमेर त एक संख्या मात्र हो । यसमा मान्छेले आलोचना गर्न आवश्यक छैन । हामी दुवै खुसी छौँ ।’
ज्याकी पनि डेभिडका बारेमा भन्छिन्, ‘उहाँ धेरै सिम्पल हुनुहुन्छ । स्वभाव पनि राम्रो छ । उहाँले मेरो सम्मान गर्नुहुन्छ । योभन्दा ज्यादा मलाई प्रेम गर्नुहुन्छ । उहाँसँग बिहे गरेर मलाई कुनै पछुतो छैन ।’
डेभिडले आफू रिटायर भइसकेको बताए । ज्याकीचाहिँ काम गरिरहेकी छन् । उनीहरूको बिहेमा ज्याकीका माइती पक्ष आएनन् । ज्याकी अहिले डेभिडको घरपरिवारको ख्याल राख्छिन् ।