एउटा गरिब बुबाले छोरीलाइ लगेर महङ्गो होटेलमा गएछ।
वेटर सर के चाहियो ? बुबाले भनेछ आज मेरो छोरीले १० क्लासमा फस्ट गरेकि छे। त्यसैले मेरो छोरीको लागि एक प्लेट चाउमिन अडर गरिदिनु !
वेटरले फेरि प्रश्न गरेछ ! एक प्लेट मात्रै?
बुबा खल्टिमा हात हाल्दै मलिन स्वरले भनेछन्, हजुर हो । एक प्लेट मात्रै दिनु मलाइ केहि भोक छैन । वेटर त्यहा बाट काउन्टर मा गएछ
र साहु लाइ भनेछ । सर मेरो सेलरीबाट एक प्लेट चाउमिन र २kg मिठाइको पैसा काट्नु’होला !
साहुले पनि केहि नभनि पैसा वेटरको खातामा चढाईदिएछ । वेटरले १ प्लेट चाउमिन र २ kg मिठाइ मेरो तर्फबाट भयो भनेर ति गरिब बुबा र छोरी लाइ दिएछ । त्यतिन्जेल सम्म बुबाको आँखा’भरि आ’शु भरिएको थियो ।
केहि साल पछि छोरी पढेर कलेक्टर बन्छे । भगवानको लिला थियो होला सायद कलेक्टर बनेर त्यसै शहरमा आउछे । होटेलमा सुचना गरिदियो कि कलेक्टर म्याडम आज आउने छन भनेर । साहुले होटेल लाइ सजा’एर सुन्दर बनाएछ । स्वागतको लागि सबै जना तयार भएका थिए ।
एकछिन पछि बाउ र छोरी आएछन। सबैले नमस्ते नमस्ते भन्दै गर्दा जसले पहिले मदत गरेको थियो त्यो वेटर लाइ छोरीले देखीछिन्।
कलेक्टर नमस्ते अङ्कल , चिन्नु भएको कि नाइ मलाइ ?
म त्यहि मान्छे हु , १० क्लास टप गर्दा तपाइले मेरो लागि २kg मिठाइ र मेरो बाबाको लागि एक प्लेट चाउमिन सित्तैमा उपलब्ध गराइदिनु भएको थियो ।
तपाइले मलाइ यति सम्म सम्मान दिनु भयो कि । जुन मलाई अगाडि बढ्न अझै सजिलो र हिम्मत आ’यो , काम गर्दै जादा कठि’नाई त हुदोनै रहेछ तर बिच’बिचमा तपाइजस्तो भगवानको पनि दर्शन मिल्दो रहेछ अंकल ।
वेटरको त्यति सुन्दा आँखाभरि आशु भरियो ।र
अङ्गालो मार्दै रुन थाल्यो ।
नोट: कहिले पनि कुनैपनि गरिबको मजाग नउडाउनु,यदि सकिन्छ भने मदत गर्नु सकिदैन भने मजाग चाहि नउडाउनु । किनकी सबै कुरा कसैले देखोस या नदेखोस तर माथि भगवानले सबै हेरिरहेको हुन्छन । मन परे शेय’र गर्नुहोला।।