छोरा गुमाउँदाको पीडासँगै न्याय नपाउने चिन्ता (भिडियो )

Blog

छोरा गुमाउँदाको पीडासँगै न्याय नपाउने चिन्ता (भिडियो )

गुल्मी । मुसिकोट नगरपालिका–२ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भए । परिवार काजक्रियामा छन् । गगनको घरबाट बिद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो ।

उनले मुिसकोट नगरपालिका–३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । घटनाले बाबा आमासहितको परिवारमा कसैका आँखा ओभाएका छैनन् । हुर्केको एक्लो छोरा गुमाउँदा परिवारको पीडा स्वभाविक हो ।

चालक फरार भएपछि बुबा आमामा छोराको पीडा माथि न्याय नपाउने चिन्ता पनि थपिएको छ । “प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासंगै शंका उत्पन्न भएको छ । प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारबाही कम हुने षडयन्त्र हुँदैछ” गगनका बुवा हरि बहादुर रायमाझीले भने, “कडा कारबाहीको माग बाहेकको विकल्प परिवारमा रहेन ।”

बिना सूचना डोजर चलाउने चालक शेर बहादुर विक अझै फरार छन् । उनको सवारी चालक अनुमति पत्र पनि नभएको परिवारको दाबी छ । प्रहरीले सुर्य कन्स्ट्रक्सनका निर्माण व्यवसायी बोम बहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले आफुहरु निरन्तर अनुसन्धानमा भएकाले केहि दिनमै चालक पक्राउ पर्ने जानकारी दिए । उनले डोजर चालक समुदायले देखे जानेकै उपस्थित गराउने र लाइसेन्सको बिषयमा आफुहरु गम्भिर भएको बताए ।

.

महावीरको टाउको बिहीबार मथुराको कोसिकलान गाउँको कमरको पोखरीमा फेला परेपछि प्रहरीले बरामद गरेको थियो ।

युवकको तीन साथीले मिलेर हत्या गरेको हो । साथीले आफ्नी श्रीमतीसँगको झगडा र मामाघर जानुको कारण महावीरलाई ठान्थे । हत्याको कारण शत्रुता नै भएको परिवारले बताए । प्रहरीले तीनै अभियुक्तलाई पक्राउ गरी कारबाही गरेको थियो । प्रहरीले शवका दुवै अंग पोष्टमार्टमका लागि पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *