सिनेमा देखाउँछु, राम्रा लुगा किन्दिन्छु भन्दै ४ महिनासम्म किशोरीलाई खेतमा लैजाँदै…

Blog

काठमाडौ । तिमीलाई सिनेमा देखाउँछु, घुमाउन लैजान्छु भन्दै फकाएर पर्सामा १५ वर्षीया किशोरीलाई कर णी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । उनले झण्डै ४ महिना किशोरीलाई प्रलोभन दिएर फाइदा उठाउँदै आएको प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीले स्थानिय किशोरीलाई प्रलोभनमा पारेका थिए ।

ती किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले फाइदा उठाएको प्रहरीले जनाएको छ । परिवारका सदस्यले दिएको उजुरीका आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यता बर्दियामा ५० वर्षीया महिला माथि पनि त्यस्तै घटना भएको छ । घटनामा सं’लग्न भएको अभियोगमा मधुबन नगरपालिका(२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । थारु घटना पछि फ रा र भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरिया नगरपालिका(३ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ हो ।

यो पनिवनजंगलमा सजिलै पाइने, बनाउन सजिलो हुने र खादा स्वादिलो हुने निगुरोको यस्ता छन् फाइदै फाईदाएजेन्सी । वनजंगलमा सजिलै पाइने, निगुरो बनाउन सजिलो हुने, खादा स्वादिलो हुने निगुरो स्वास्थ्यका लागि पोषिलो निगुरो पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ ।

खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन ।

पौष्टिकताले भरिपूर्ण: निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ ।

पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।

पूर्णत: जैविक: निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ । अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ ।

के हो निगुरो ? यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ । पहाडदेखि तराईसम्म: निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

करेसाबारीमा रोप्न सकिन्छ: त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ ।

तर, सर्तक हुनुपर्छ: निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *