उदयपुर ।
नागरिक सुरक्षाका खातिर संगठनबाट लिएको सथप साक्षी मान्दै कर्तव्य निभाईरहेकी महिला प्रहरी उर्मीला श्रेष्ठको सहादतले परिवार, आफन्त र छिमेकलाईमात्र हैन सिंगो देशलाई बि,क्षिप्त बनाएको छ । कहिल्यै नफर्किने गरी संसारबाट बिदा लिएकी उर्मीलाको अन्तिम संस्कारसमेत भइसकेको छ ।
तर, घटनामा संलग्नहरुले कानुनी कारवाही नभएसम्म आफ्नो श्रीमतिको आत्माले शान्ति नपाउने श्रीमान् नविन श्रेष्ठ बताउछन् । ‘संलग्नहरुले कानुनी कारवाहीको दायरामा आउनु नै मेरो श्रीमतिको आत्माले शान्ति पाउनु हो’ ननिले भने, ‘अभिभावक बनेर प्रहरी संगठनले आफ्नो सदस्यमाथि भएको अक्षम्य कार्यप्रति कानुनी ब,दला लिनुपर्छ ।’
दाम्पत्य यात्रा सुरुवात भएदेखि नै आफूहरुले धेरै रंगीन सपनाहरु सजाएको सुनाउदै नविन भन्छन्, ‘सबै अधुरो नै रह्यो ।’ २४ वर्षीया उर्मीला उदयपुरका नविनसँग वैशाख १७ गते वैवाहिक ब,न्धनमा बाँधीएकी थिइन् ।
ड्युटीको सिलसिलामा नविन इलाम अनि उर्मीला मोरङमा रहेकाले भौतिक दूरी नजिक बनाउन उनीहरुले योजना समेत बनाएका थिए । ‘नानी अबको तीन चारदिनपछित हामी सँगै ड्युटीमा हुन्छौँ भनेको थिएँ’, श्रीमतिलाई अघिल्लो दिन मोवाईल फोनबाट कुराकानी हुँदा सम्झाई बुझाई गरेको सम्झन्छन्, ‘अब मेरो जीवनमा त्यो तीन चारदिन कहिल्यै नआउने भयो ।
स्थानीय चुनावपछि माथिल्लो निकायसँग कुरा गरेर श्रीमतिसँगै एउटै चौकीमा ड्युटी मिलाउने कुरा भएको पनि नविन सम्झन्छन् । आँखा टिलपिलाउदै गरेको अवस्थामा नविन भन्छन्, ‘श्रीमतिले आफ्नो चाहना छाडेर सधै मेरो खुसी रोज्थीन्’, नविनले भने, ‘मैले उनलाई जीवनमा कहिल्यै सुख दिन सकिन, न आफै खुसी हुनसकेँ ।’
श्रीमति घटनामा परेको खबर आफूले इलाममा सुनेलगतै बिराटनगर आएको नविनले बताए । इलामबाट आउँदासम्म बाटोभरी उनले श्रीमतिलाई उपचार गरेपछि निको हुनेमा ढुक्क हुँदै आएको सुनाए । ‘तर बिराटनगर पुगेपछि थाहा भयो, उनी अब मसँग कहिल्यै नभेट्ने गरी गइसकेछिन्’ उनले भने । सोच्दै नसोचेको अकल्पनीय घटना देखेपछि आफूलाई समेत बाँच्ने रहर झण्डै गु,माएको पल उनी सम्झन्छन् ।
नविन भन्छन्, ‘उनी सधै बिरामी भइरहन्थिन् । संगठनले खटाएको जिम्मेवारीबाट कहिल्यै पछाडी हटेनन् । भोकप्यास नभनी जसको सुरक्षा गर्न गएको उसैले रक्षकको ज्या,न लिएको घटनाले सारै दुःख लागेको छ ।’