त्रिशुलीमा बस खस्यो, ८ जनाको मृत्यु

Blog

काठमाण्डौँः धादिङको छहरा भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज बिहान काठमाडौंबाट पश्चिम जादै गरेको बस त्रिशुली नदीमा खसेको हो।

प्रहरीका अनुसार पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्रोण कँडेलले बताए।

उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकी छ। प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *