अलिकति खुशी दिएको पर’देशले आखिरीमा रुवाई छा’ड्यो !

Blog

थिए । घर गएर छोरोलाई अँगालोमा कस्न मन थियो । केही थान लुगा, मिठाइ दिएर यही हो छोरा तेरो पर’देशी बुवाको कमाइ भन्न मन थियो ।

रामबहादुर घर त फर्किनुभयो तर कस्न सक्नुभएन छोरालाई न्यानो अँगालोमा । राम’बहादुरका रहर पनि त्यही दुर्घ’टनामा घा’इते भए । यस्तै कुरा सम्झेर भक्कानिनुहुन्छ, बसन्ती । ‘केही खुसी दिएको परदेशले आखिरीमा रु’वाइ छाड्यो !’, सुँक्क सुँक्क गर्दै बरबराउनु:हुन्छ, ‘बरु परदेशै नगएको भए यस्तो हुन्न थ्यो कि ?’

अहिले १० दिनकै फिजियो थेरा’पी गरेको ५० हजार रुपैयाँ खर्च लाग्छ । औषधि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचा’रमै सकिसक्यो । घरपरिवारले ऋण खोजेर अब माग्न जाने ठाउँ कतै छैन । साउदीमा रहेका नेपालीहरुले चन्दा उठाएर राम’बहादुर बचाउँ अभियान नै सञ्चालन गरेका थिए । त्यहीमार्फत प्राप्त भएको ६ लाख ९ हजार ३६४ रुपैयाँ रामबहादुरको परिवार’लाई हस्तान्तरण गरिएको छ । तर यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा उहाँको परिवारलाई खर्च जुटा’उन स’मस्या परेको छ ।

वैदेशिक रोज’गारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दुर्घटना वा गम्भीर बिरामी भएमा सात लाख रुपैयाँ’सम्म उप’चार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था छ । तर उहाँको करार तथा भिसाको म्याद सकिएका कारण सरकारले उप’चार खर्च तथा आर्थिक सहयोग गरेन ।

रामबहादुरले विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर उहाँ ग’म्भीर बिरा’मी हुँदा राज्यको सेवा पाउनुभएन । रामबहादुरका बुवा कागजात बोकेर सरकारले छोराको उ’पचार गरिदिने आशामा वैदेशिक रोजगा’र बोर्डमा धाउनुभयो । तर त्यहाँबाट पनि निराशा हात लाग्यो ।

‘सरकारले हेर्नु त पर्ने हो है, तर म्याद सक्यो भन्छ’, रामबहादुरका बुवा थकित स्वरमा भन्नुहुन्छ, ‘छोराले कमाउन सम्म त देशलाई रेमिट्यान्स पठाइ’रहेको थियो नि, बिरा’मी पर्दा किन हेर्दैन सरकार ?’कोरोना महा’मारीका कारण साउदीमै अल्झिनु परेका कारण भिसा अवधि सकिएको भन्दै अ’पराध गरेको जस्तो सरकारले वि’भेद गर्न नहुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *