पुरानो दराज किनेर घरमा ल्याएपछि दराज खोल्दा २ करोड रुपैयाँ निस्किएपछी..

Blog

एक व्यक्तिले सेकेन्ड ह्यान्ड दराज किनेर घर ल्याए।

तर जब उनले त्यस’लाई खोलेर हेरे, उनी भित्र’को दृश्य देखेर छक्क परे । वास्तव’मा दराज भित्रबाट २ करोड रुपैयाँ नगद निस्कियो । उनले यो दराज अन’लाइन साइट इबे’बाट किनेका हुन्।

उक्त व्यक्तिको नाम थोमस हेलर हो, जो ज’र्मनीको बिटर’फिल्डका हुन् । ‘डेली मेल’ को रिपोर्टका अनुसार थोमसले किचनमा सामान राख्नको लागि सेकेन्ड ह्यान्ड किचन क्या’बिनेट किनेका थिए । यसका लागि उनले ३१ हजार रुपैयाँ तिरेका थिए । तर क्या’बिनेट खोल्नेबि’त्तिकै उनका आँखा खुले’का खुल्यै रहे ।

वास्तव’मा यो क्याबिनेट भित्रबाट उनले दुईवटा बाकस फेला पारे जसलाई खोल्दा ती बाकस भित्रबाट १ लाख ५० हजार युरो (२ करोड रुपैयाँ) रुपैयाँ नगद निस्कियो । तर, पैसा आफ्नो खल्तीमा राख्नुको सट्टा थोमसले स्थानीय प्रहरीलाई पैसा हस्तान्त’रण गरे ताकि पैसा मूल मालिक’सम्म पुगोस्।

प्रहरीले अनु’सन्धान गर्दा यो पैसा हल्ले सहरमा बस्ने ९१ वर्षीया वृद्धाको भएको पत्ता लगायो । यो क्याबिनेटकी पहि’लो मालिक पनी ती महिला नै थिइन् । उनका नातिले क्याबि’नेट बेचेका थिए, तर वृद्धाले यस’भित्र नगद राखेको कुरा उनला नातीलाई थाहा थिएन।

जर्मनीमा हराए’को पैसा फेला पारेमा त्यो रकम १० युरो भन्दा बढी भएमा आफ्नो साथमा राख्नु अपरा’ध हो। यदि यस्तो अप’राधमा दोषी प्रमाणित भएमा तीन वर्ष जेल स:जाय हुन सक्छ।

तर, इमान्दारी’पूर्वक पैसा फिर्ता गर्नेलाई पुरस्कृत गर्ने कानुन छ । यस्तो अवस्थामा कुल रकमको ३ प्रतिशत थोमस’लाई पुरस्कार स्वरुप दिइएको थियो । उनले ४५०० युरो (करिब ६ लाख रुपैयाँ) पुरस्कार पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *