वर्तमान आधुनिक युगमा विश्वका महिला’हरु अगाडि बढि’रहेका मात्र छैनन् पुरुषहरु’सँग काँधमा काँध मिलाउन सक्षम भैस’केका छन् । तर सबै महि’लाको अवस्था समान छैन ।
अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्र’थाहरुका कारण धेरै महिला’हरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् । छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरु’लाई निकै सस्तो भाडाको वस्तु बनाइ’रहेको छ । भारतको मध्यप्रदेश र गुज’रातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।
जसमा पुरुष’हरुले अर्काकी पत्नी’लाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडा’मा लिने त्यो कुप्र’थाको नाम ‘धडीचा’ हो । मध्य’प्रदेशको शिव’पुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिला’हरुको लिलामी हुन्छ ।
उक्त हाट’बजारमा पुरुषहरुले आफू’लाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवा’हित महिला तथा अवि’वाहित युवती’हरुको लिलामी हुन्छ । त्यस’बाट पुरुष’हरुले अर्काकी छोरी वा पत्नी’लाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउ’नका लागि भाडामा लि’न्छन् ।
ती महिला वा युवती कति’सम्म बेचिन्छ’न् भन्ने कुराको तय त्यो व्य’क्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ । उक्त गाउँमा महिला भाडामा लिने हाट’बजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाट’बजारबाट महिला भाडामा लिँदा १० भारु’देखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सही’छाप गर्नुपर्दछ ।
उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समय’सम्म महिला’लाई आफू’सँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ ।
सम्झौता अवधिभर महिला’लाई भाडामा लिएर आफू’सँग राख्ने पुरुषले समय सकिए’पछि महिला’लाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवी’करण गर्न सक्छ ।
यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगाय’तका शारी’रिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारु’सम्मको रकम तोकि’एको हुन्छ । उक्त रकम सम्ब’न्धित महिला तथा युवतीको घर’परिवारलाई भुक्तान गर्नु पर्दछ ।