खोटाङ, ११ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी निर्वदा गिरीको घाँटीको अघिल्तिर सानो गिर्खा निस्कियो । सुरु सुरुमा कुनै असर नदेखिएकाले गिर्खालाई सामान्य ठानियो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
तर गिर्खाले क्रमशः ठूलो आकार लिएर बढ्न थालेपछि निर्वदाको स्वास्थ्य अवस्था दर्दनाक बनेको छ । गिर्खा बढेर हाल घाँटीभरीको बनेको छ । झट्ट हेर्दा गलगाँडझैं देखिन थालेको छ । गिर्खा बढेर ठूलो भएपछि हाल खानेकुरा निल्न समस्या भइरहेको श्रीमान धनप्रसाद गिरी बताउँछन् ।
निर्वदाको घाँटीको सानो गिर्खा दुई वर्ष अघिदेखि बढ्न थालेको हो । त्यहीबेला ऋण पान गरेर बिरामीलाई उपचारका लागि बीर अस्पताल लगिए । चेकजाँचका क्रममा डाक्टरले थाइराईडको समस्या भएको औंल्यायो ।
थाइराईडको शल्यक्रीय र उपचारका लागि अस्पतालले १० लाख तयार पार्न लगायो । कमजोर आर्थिक अवस्थाका गिरी परिवारसँग १० लाख जुटाउने सामथ्र्य थिएन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
खर्च जुटाउने हैसियत नभएकै कारण धनप्रसाद ‘अमिलो मन पारेर’ श्रीमतीलाई अस्पतालको बेडबाट उठाएर उपचार नगरी घर फर्किए । खर्चकै कारण उनले हालसम्म श्रीमतीको घाँटीमा बढेको गिर्खाको उपचार गर्न सकेका छैनन् त्योबेला अस्पताल जानेक्रममा ऋणपान गरी २० हजार खर्च भएको धनप्रसाद बताउँछन् । “अप्रेसन गर्न १० लाख चाहिन्छ भन्यो । वर्षभरी हाजमुख जोर्न धौ–धौ छ । कताबाट १० लाख खर्च गर्न सक्नु !,” धनप्रसादले भने, “उपचार गर्न त मन छ नी तर के गर्ने, आफ्नो हैसियत छैन । रोग पाल्दै बस्नुको विकल्प के छर हामीसँग ।”strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
धनप्रसाद र निर्वदाको २०६६ मा विवाह भएको हो । विवाहकै बेला निर्वदाको घाँटीमा सानो गिर्खा देखिएको थियो । केही वर्ष यता निरन्तर बढिरहेको गिर्खाले निर्वदाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गरेको छ । खर्चकै कारण घाँटीको उपचारमा जान नसकेका गिरी दम्पत्तीले आर्थिक सहयोग जुटे वा राज्यबाट निःशुल्क उपचारको प्रवन्ध भए अस्पताल जाने सपना पालेका छन् ।
गिरी परिवार खेतीपातीको काम गरेर जिवीका चलाउँछन् । उनीहरुका दुई छोरी छन् । दश नंग्रा खियाएर गरेको खेतीपातीले वर्ष दिन धान्न मुस्किल पर्छ । यही कारण उनीहरु वर्ष कटाउने ज्याला मजदुरी गर्न पनि वाध्य छन् । “खर्चकै अभावका कारण दोहो¥याएर उपचारमा जान सकिएको छैन,” उनले भने, “खर्च जुट्यो भने अस्पताल गएर उपचार गर्ने धोको पुरा गर्नेछौँ ।”strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong