पाल्पामा मामाघरमा बस्दै आइरहेकी एक नाबालिकाको पेटमा छ महिनाको गर्भ रहेको पाइएको छ ।
रुपन्देही सैनामैमा घर भई हाल पाल्पा तिनाउ गाउपालिका-१ मा रहेको मामा घरमा बस्दै आईरहेकी एक १४ वर्षीया बालिकाको पेटमा जबरजस्ती करणीबाट छ महिनाको गर्भ रहेको पाइएको हो ।
ती बालिकालाई सोही वडाको ठुलीउदाङ बस्ने बर्ष २९ को हिमाल सोमरेले जबरजस्ती करणी गरेको भन्दै उनका बाबुले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो ।
अभिभावकबाट जाहेरी परेपछि सोमरेलाई हिजै प्रहरीले नियन्त्रणमा लिएको पाल्ला प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला