कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हाद`कुमारले लोप्चनको कापी प्रकृति`लाई देखाउनकै लागि घरमा ल्याएका थिए ।‘कापी हातमा पर्ने बित्ति`क्कै म त एकछिन केही बोल्नै सकिन ।’
तीन वर्षअघिको त्यो क्षण सम्झँदै १२ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइ`पल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’ त्यही ‘अनवि`लियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी ।
‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिव द्धताफुकाइन् ।त्यही प्रतिवद्धताअनुसार उनले दैनिक अभ्यास गरिन् ।भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परि`णाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रति`क्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ ।
कुनै टाइपिष्टले टाइप गरेको जस्तो, एकनासे अक्ष`रका दाना`हरु, कुनै केरमेट नगरीएको सफा, हेर्दैमा चित्ताकर्षक, लोभलाग्दो अक्षर ! भ्यालीवाइड इन्टर स्कुल ह्याण्ड`राइटिङ कण्टेष्टमा उत्कृष्ट भएपछि उनको ह्याण्ड`राइटिङ सामा`जिक सञ्जालमा भाईरल बन्यो ।
फेसबुक र ट्विटरमा छ्याप्छ्याप्ति भएको त्यो ह्याण्ड`राइटिङ हजारौंको संख्यामा शेयर भएको छ, लाखौं लाईक, कमेण्ट र ट्विट भएका छन् ।
उनको अक्षर देखेर सामा`जिक सञ्जालमा कमेण्टहरु ‘छक्क’ परेका छन् । ‘वाह !’ भनेका धेरैको अर्को पनि प्रतिक्रिया छ, ‘गड गिफ्टेड ह्याण्डराइटिङ !’कसरी सम्भव भयो ? आज`भन्दा भोलि, भोलिभन्दा पर्सी अर्थात् दिन दुगुणा रात चौगुणाको दरले ह्यान्डराइटिङ राम्रो हुँदै गएपछि उनीप्रति धेरै शिक्षकहरुको ध्यान गयो ।
शिक्षकहरुले कक्षामै र स्कुलमै प्रकृतिको ह्याण्ड`राइटिङको खुलेरै प्रशंसा गर्न थाले । ‘कापी देख्ने बित्तिक्कै मैले पनि त्यो कापीको भन्दा राम्रो ह्याण्डराइटिङ लेख्नुपर्छ भन्ने सोच बनाएर नियमित अभ्यास गरेँ
अक्षर कसरी राम्रो बनाउने भन्ने कुरामा ध्यान दिएँ ।दिनकै म एकदुई पेज त ह्यान्ड`राइटिङ लेख्नतिर नै समय दिएँ ।’ उनले सफ`लताको रहस्य बताइन् । ‘मुख्य कुरा अभ्यास नै हो, अभ्यासले असम्भव`लाई पनि सम्भव बनाउँछ ।’ अक्षर राम्रो बनाउन भित्रैदेखि लागेका उनलाई राम्रो ह्याण्ड राइटिङ लेख्नु पनि एक प्रकारको सीप र कला हो भन्ने लाग्यो हो ।
त्यही कारण उनले राम्रा ह्याण्ड`राइटिङका नमूनाहरु संकलन गरिन् । राम्रो अक्षर कसरी लेखिँ`दो रहेछ भनेर अक्षरमै घोत्लिइन् । ‘इन्टर`नेटमा कुन अक्षरको सेप कस्तो ? हुने रहेछ भनेर आफै पनि खोज्न थालेँ’उनले भनिन्, ‘सँधै रुटिनै बनाएर ह्याण्ड`राइटिङ गरेँ ।
राम्रो, आर्कषक अक्षर लेखि`एको पढ्न पाए पाठक`लाई मात्र नभएर लेख्नेलाई झन् भित्री मनदेखि आनन्द मिल्ने बताउने उनको हस्तलेखनलाई ‘क्यालिग्राफी’ ले अझ उत्कृष्ट अक्षर बनाउन सघाउ पुरयायो ।कक्षा ६ सकिएको तर कक्षा ७ नपुगेको शैक्षिक सत्रको संघारतिर उनले क्यालि`ग्राफीका शिक्षक गोविन्द ओलीया`बाट सिक्ने अवसर पाइन् ।
राम्रो अक्षर अझ कसरी राम्रो लेख्ने ? विषय`मा भएको तीनदिने ता`लिमले उनको लेखन शैली र सीपमा निखार भरियो ।
‘क्रमशः अक्षरमा थप सुधार आउन थालेपछि पुरानो कपी हेरेर पनि मैले यो अक्षरलाई यसरी सुधार गर्नुपर्छ भनेर लागेँ ।’ त्यसपछि पनि उनले मिहिनेत र अभ्यास`लाई पछ्याइ रहिन् ।त्यति`मात्र होइन उनको अक्षर राम्रो बनाउने अभि`यानमा उनका बुवा आमा र शिक्षकहरुको साथ, सल्लाह, सहयोग र उत्साह पनि उत्तिक्कै रह्यो ।
‘अक्षर राम्रो हुनुमा उनको आमा (शान्ति) को पनि भूमिका छ, आमाले उनलाई सानै बेलादेखि नै राम्रो अक्षर लेख्नका लागि प्रेरणा दिइरन्थिन्, होम`वर्क गर्दा पनि अघि नै बसेर एउटा अक्षर मिलेन भने पनि आफैले इरेजरले मेटिदिएर किता`बमा भएको जस्तै अक्षर नभए`सम्म लेखाउनुहुन्थ्यो ।’
बुवा प्रल्हादले ‘फोरलाइन’ (इंग्लिश) कपीमा गरेको अभ्यास सम्झे ।सचेत भएर (सिन्सियर्ली) र सबै गृहकार्य गर्ने विद्यार्थीको अक्षर अन्यको तुलनामा उत्कृष्ट हुने गरेको शिक्षक समेत रहेका प्रल्हा`दको बुझाइ हो यो, जसकारण उनी छोरीको लेखाइ`प्रति निक्कै ध्यान दिन्छन् ।
‘उनले लेख्ने कापीमा अलि`कति पनि कुचिएको देखेँ भने पनि म त्यो भन्दा पनि राम्रो र गुणस्तरको कापी पाइन्छ कि, पेन्सिल, सार्पनर, इरेजर पाइन्छ कि भनेर खोज्छु, सबै स्रोत जुटाइ दिएपछि अब कसरी राम्ररी सिकाउन सकिन्छ भन्नेमा ध्यान जान्छ ।’ उनको भनाइ छ ।
उत्कृष्ट अक्षर लेखनमा सफलता पाए`की प्रकृति भने इतिहासलाई ब्रेक गर्न चाहन्छिन् । ‘सबै डाक्टरहरु नबुझिने अक्षर लेख्छन्, तर म भने सबैले बुझिने अक्षर लेख्छु ।’ उनले थपिन् । भविष्यमा मेडिकल डाक्टर बन्ने लक्ष्य बोकेकी उनको औपचारिक कक्षा बनेपाको बाल`बाटिकाबाट सुरु भएको हो ।
स्थायी घर धनकुटा निगाले भए पनि पढाइ र रोेजगारको सिलसिलामा मल्ल परिवार अहिले भक्तपुरमा बस्छ । ह्याण्ड`राइटिङ लेख्दामाथिल्लो भाग थोरै मसिनो र तल्लो भाग माथिल्लो भागभन्दा केही मोटो हुँदा राम्रो देखिँदो रहेछ ।उनको अनुभव छ । उनका अनु`सार शिक्षक र विद्यार्थीले लेखिरहेको अक्षर`को तारिफ गरेको खण्डमा नराम्रो अक्षर भए पनि गाली गरेर होइन, सम्झाउनुपर्छ ।