बैतडीकाे झुलाघाट पारी बुवा-छाेरा महाकालीमा बेपत्ता, बाख्रा चराउन गएका थिए

Blog

बैतडीमा महाकाली नदीमा खसेर बुवा- छाेरा बेपत्ता भएका छन् ।
सीमावर्ती बजार झुलाघाटमा बाख्रा चराउन गएका बुवा, छोरा महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार दिउँसो बाख्रा चराउन महाकाली नदी किनारको मशान घाटमाथिको पहाडमा गएका भारत, पिथौरागढ जिल्ला अन्तर्गत झुलाघाट बजारका ४४ वर्षीय सन्तोष चन्द र उनका ६ वर्षीय छोरा तनुज बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।

चन्द आफ्नी पत्नी लीलावती र छोराका साथमा बाख्रा चराउन गएका थिए । एक्कासी पहाड माथिबाट खसेको ढुंगा लागेर दुवै जना महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
उनीहरूकाे खाेजी भइरहेको झुलाघाट थानाका सब इन्सपेक्टर अर्जुन सिंह राणाले बताएका छन्।
काली नदी किनारका कानडी, बलतडी, सपतडी र पंचेश्वरसम्मका क्षेत्रमा घटनाको जानकारी गराएर खोजि कार्य भइरहेको राणाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *