२ वर्षको हुँदा अप-हरणमा परेको छोरालाई खोजिरहे, २४ वर्षपछि छोरालाई भेट्न सफल भए बाबु

Blog

एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराए’को छोरा भेटेका छन्। गुओ गाङ्टाङले छोराको खोजीमा मोटर’साइकलमा पाँच लाख किलोमिटर’भन्दा लामो यात्रा गरेका थिए।दुई वर्षको उमेरमा उनका छो’रालाई शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्कर’हरूले अप’हरण गरेका थिए। ५१ वर्षका बाबुको शनिवार छोरा’सँग पुन’र्मिलन भएको बताइएको छ।

सन् २०१५ मा हङकङका सुपर’स्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बाल’बालिका अपह’रण ठूलो सम’स्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बाल’बालिका अप’हरणमा पर्ने जनाइएको छ।

चीनको जन’सुरक्षा मन्त्रालयका अनु’सार डीएनए परीक्षणका आधा’रमा प्र’हरीले उनको छोरा पत्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपह’रण गरेको आरो’पमा दुई जनालाई प’क्राउ गरेको छ।

थप विवरण नखुलाइए पनि स्थानीय पत्रिका’हरूले गुओका छोरा छिमेकको हेनान प्रान्तमा भेटिएका र उनी’हरूको सप्ताहान्तमा भेट भएको विवरण’हरू दिएका छन्।“अब बच्चा पत्ता लागेपछि यहाँबाट सबै कुरा खुसीकै हुन्छ,” गुओले पत्रकारलाई बताए।

सन् १९९७ मा छोराको अपह’रण भएपछि गुओले छोरा खोज्दै मोटरसाइकलमा चीनका २० भन्दा बढी प्रान्त भ्रमण गरेका थिए।त्यस क्रममा भएका दु’र्घटनाहरूमा उनको हड्डी भाँच्चिएको, सडकमा लुटेरा’हरूले लुटेको र १० वटा मोटरसाइकल बिग्रि’एको बताइएको छ।

छोराको तस्बिर भएको ब्यानर बोकेर उनले आफ्नो जीवनभरको कमाइ छोराको खोजीमा खर्च गरेका थिए। छोरा खोज्ने यात्राका क्रममा उनले पुलमुनि सुतेर एवम् कतिपय अवस्थामा मागेर ख’र्च जुटाएका थिए।

छोराको खोजी गरिरहँदा उनी चीनमा हराएका व्यक्तिका परिवारका सङ्घहरूको प्रमुख सदस्य बनेका थिए र कम्तीमा सात बाबुआमालाई तिनका हराएको छोरा’छोरी भेट्न सहयोग गरेका थिए।

उनको छोरा भेटिएको समाचार आउने बित्तिकै चिनियाँ सामाजिक सञ्जालहरूमा उनको समर्थनमा थुप्रै भाव’पूर्ण सन्देशहरू प्रकाशित भएका छन्।“धेरै अभिभावकले सायद धेरै अगाडि नै खोज्न छोड्थे होलान्। उनी अचम्मका छन् र म उनको लागि साँच्चै खुसी छु,”

एक व्यक्तिले विबोमा लेखेका छन्। चीनमा बच्चाको अप’हरण दशकौँदेखिको स’मस्या हो। सन् २०१५ चीनमा प्रतिवर्ष २०,००० बालबालिका अ’पहरण हुने बताइएको थियो। तीमध्ये धेरै जस्तो चीनमै र देशबाहिर धर्म सन्तान राख्न बि’क्री गरिने बता’इएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *