६ महिनादेखि श्रीमान सम्पर्कविहन भएपछी श्रीमान खोज्दै श्रीमति (हेर्नुस भिडियो सहित)

Blog

कृपया यो पी पढ्नुस : पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सडक सञ्चालन
जोमसोम : पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सडक सञ्चालन आएको छ। कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले म्याग्दी स्थित गुईठेमा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपराह्नबाट सडक सञ्चालनमा आएको छ।

मौसम सुधार भएसँगै आयोजनाले सडक उपकरण प्रयोग गरी अवरुद्ध सडकको पहिरो पन्छ्याएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।

यसअघि शुक्रबार म्याग्दी प्रशासनले बेनी-जोमसोम सडकमा पहिरोको जोखिम कायम रहेको भन्दै अतिआवश्यक कामकाज बाहेक एक सातासम्म यात्रा नगर्न सर्वसाधारण नागरिकलाई अनुरोध गरेको थियो।

सडक सञ्चालनमा आएसँगै गोइठे सडकमा रोकिएका सवारी साधनहरू गन्तव्य स्थानमा प्रस्थान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *