आफुलाई डाक्टर बताउदै ठगी गर्ने नक्कली महिला डाक्टर यस्तो अवस्थमा भेटिइन् !

Blog

नक्कली डाक्टर दिक्षा पुन
आफुलाई डाक्टर भएको बताउदै विदेश पठाइदिने प्रलोभन दिएर सर्वसाधारणसंग मोटो रकम ठगी गर्ने एक जना नक्कली महिला डाक्टर निगालाघारीमा लुकिरहेको अवस्थामा पक्राउ परेकी छिन।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई कास्की प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले‍ हाललाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएकोजानकारी हुँदाहुँदै तीन लाख रुपियाँको चेक दिएको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

अभियुक्त पुनबिरुद्ध प्रहरीले उच्च अदालत पोखराबाट बैंकिङ कसूर सम्बन्धि मुद्दामा दिन ७ को म्याद थप गरेर अनुसन्धान गरिरहेको बताइएको छ।

अभियुक्त पुनले आफु पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, फिस्टेल अस्पताल लगायतका अस्पतालमा कार्यरत रहेको झुट्ठा विवरण दिएर विभिन्न व्यक्तिहरुलाई ठगी गरिरहेको सूचना आएको जानकारी दिदै कास्की प्रहरीले पीडित व्यक्तिहरूलाई प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन अनुरोध गरेको छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *