टिकटकमा मायाजालमा पार्दै घरमैआएर चोरी|बिहेगरी जापान लग्छु भन्ने प्रेमीआइफोन र सिक्री लिएर टाप| (हेर्नुस भिडियो सहित)

Blog

कैलाली : कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको संक्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन्।

टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर आएको नार्कको टोलीले नौ वटा केराबारीको अवलोकन गरेको थियो। राष्ट्रियबाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्कासहित सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्याय र आशिष घिमिरले करिब आठ हजार केराका बोटको प्रत्यक्ष अवलोकन गरेका थिए।

अवलोकनका क्रममा ‘पानामा विल्ट’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी प्रयोगशाला परीक्षण (कल्चर) गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि’नामका बीजाणु भेटिएको रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिए।

अहिले ग्रीन हाउसमा तीन भिन्न भिन्न जातका केराका बोटलाई कृत्रिम रूपमा राखेर यसको लक्षण तथा विकासक्रमलाई अध्ययन गरिरहेको डा खड्काले बताए।

केरा व्यवसायी महासंघ लालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातिको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताए। उनले लाखौँ लगानी गरेर गरिएको खेतीमा संक्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उनको भनाइ थियो।

उनका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ। त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ। यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन्।

केरा व्यवसायी खेमप्रसाद ढुंगानाले केरामा देखिएको रोगका कारण किसानलाई चिन्तित बनाएको बताए। केरामा राम्रो आम्दानी देखेर लाखौँ खर्च गरेर भर्खरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको उनको भनाइ थियो। उनका अनुसार किसानले एक बिघादेखि एक सय बिघासम्म केरा खेती गर्दै आएका छन्।

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले केही किसानले केरामा समस्या देखिन थालेको भन्ने बताएपछि नार्कको टोली यहाँ आएको समयमा केराखेतीको अवलोकनका साथै नमुना परीक्षण गराइएको बताए।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको संक्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताए।

उनले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको जनाउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताए। उनका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *