कृपया यो पनि पुरा पढ्नुस : मेची नदीमा डुबेर बालकको मृत्यु
झापा : मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
google
FREE Cricket streaming!
Improve your financial situation with one little thing
How To Make Money and Stay at Home?
बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए। भद्रपुर नगरपालिका- ५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा भाग्न डुबेको र उनको घटनास्थलमै मृत्यु भएको थियो।
उनीसँगै अर्को बालक पनि डुबी रहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए। घटना साढे ३ बजेको हो।
वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।