नाम मसाज सेन्टर, काम भने यस्तो‘…. प्रहरी नै चकित !

Blog

नाम मसाज सेन्टर, काम भने यस्तो‘…. प्रहरी नै चकित !
Photo of Admin Admin२० मंसिर २०७९, मंगलवार ०२:४१0 1,295 2 minutes read

मसाज सेन्टरको नाममा धन्दा हुनु राजधानीका लागि नौलो होइन । मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन । शुक्रवारको एक साता लामो रिपोर्टिङबाट खुल्यो– तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर छ । त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज सेन्टरमा हुने स्खलन । जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ ।

अनिल यादवले उपत्यकाका मसाज सेन्टर र स्पा चहारेर तयार पारेको रिपोर्ट । मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन, उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको हुन्छ । राजधानीका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो । तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ शुक्रवारको एक साता लामो रिपोर्टिङबाट खुल्यो मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलापले पनि फड्को मारिरहेको छ ।

तेल मालिस त बहाना मात्रै रहेछ, त्यहाँ पाइने ‘अरुखाले’ सेवाले पनि ग्राहक पल्काइरहेको छ । के हो त्यस्तो सेवा ‘ह्याप्पी इन्डिङ त हो नि,’ छानीछानी मसाज सेन्टर र स्पा धाउने ठमेलका एक व्यवसायी सागर श्रेष्ठ ९नाम परिवर्तन० ले भने, ‘अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि पूरै मसाज हुन्छ । पूरै भन्नाले माथिदेखि तलसम्म । लास्टमा हस्त मैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन् । त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्छ ।’ लोकेशन स् लाजिम्पाट । शनिबार एक नियमित ग्राहकको सहयोगमा उनीसँगै ‘वेलकम पार्लर एन्ड स्पा’ भित्र पुगियो ।

नाम नै वेलकम । प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाल्यो, ‘नमस्ते सर, नमस्ते ।’ पानी पिउने हो सर रु’ स्वागतको सिलसिला थप अघि बढ्यो । पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे । युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे । बाहिर अन्य युवतीहरु ‘बर्थडे पार्टी’ मनाउने कुरा गरिरहेका थिए । बर्थडे संवादमा उत्साहित एक युवती भनिरहेकी थिइन्, ‘हामी सबै एउटा कोठामा बस्नुपर्छ, दिदीभिनाजुहरुलाई अर्कोमा बसाउनुपर्छ ।

अफिसको कुराचाहिँ केही पनि गर्नुहुँदैन ।’ वाइन कति किन्ने भन्ने विषयमा पनि उनीहरुको सल्लाह भइरहेको थियो तर उनीहरुको संवादले ‘दाल मेँ कुछ काला है’ भनेर अनुमान लाउन गाह्रो भएन । करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए । फेरि युवतीहरुले पानी अफर गरे ।

उनले पिए । कस्तो भयो त मसाज रु ‘बबाल नि १ ह्याप्पी इन्डिङ नहुने कुरै थिएन,’ मन्द मुस्कानसहित उनी बोले । त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो । ‘भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए,’ उनले सुनाए । शुत्रबारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *