गढवा २८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
हल्लु नारायण चौधरी आफै घरमुली भएकोले आर्थिक समस्या परेको बताए। हल्लु नारायण चौधरीको एक छोरा र दुई छोरी श्रीमती रहेका छन्। दुई छोरीको बिहे भैसकेको छ भने छोराको पनि बिहे भैसकेको छ तर आयस्रोत भने केही नभएको पिडितका छोरा प्रदिप चौधरीले बताए। अचम्मको रोगले छोएपछी चौधरी परिवार यतिबेला बिक्षिप्त बनेको छ।
औषधी उपचारको लागि विभिन्न अस्पातलमा पुर्याउदा पनि केही सुधार नभएको र झन बढ्दै गएको परिवारिक स्रोतले बतायो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विभिन्न ठाउँमा उपचार हेरचाह गरेरै भएको पैसा जती खर्च गरी सकियो आफन्तले पनि सक्दो सहयोग गरे । अब त न पैसा छ न उपचार गर्ने थप रकम नै । गरीब हुनु पनि पिडा नै रहेछ । मलिन अनुहारमा हल्लु नारायण चौधरीका छोरा प्रदिप चौधरीले भने।
विभिन्न ठाउँमा पुग्दा डाक्टरले दिएको आश्वासनको पोको थापेर मनभरी गाँठो पार्दै सबैबाट सहयोग पाउने आशामा रहेको बताए । समाजमा हरेक सुख दुखमा मेरा बुवा पनि हिंड्ने गर्थे आज आँफैलाई परेको बज्रपातबाट पीडित छु कस्लाई र को सँग सहयोग मागुँ । भन्दै सहयोगको याचना गरी रहेको छु चौधरीले भने ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यद्दपी सहयोग गरिदिन सबैमा अपिल पनि गरेका छन् । सहयोगका लागि एनआईसि एसिया बैंक गढवा शाखाको प्रदिप चौधरी (PRADIP CHAUDHARY) (बिरामीका छोरा) नाममा खाता नम्बर – ३५२५७५२५०८१५४००१ रहेको छ । सम्पर्क नम्बर- ९८०९५३३१२२, ९८२२८८३०५३ रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****