नसक्ने यो पी`डाले मलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो । एक दिन नीलाले उनलाई मेरो दाई मन पर्न थालेको र उनीहरुबीच शा`रिरी`क सम्बन्ध पनि भई`सकेको भन्दै मसँग माफी मागीन् । म झन् गहिरो खाडलमा परे
आफै सपना देख्न लगाई अनि आफै भत्का`ईन् त्यो सपनालाई उनले । म निस्तब्ध बने । केही भनिन उसलाई । अब मलाई ससांर हेर्ने रहर हुन छाड्यो, भोग्ने रहर हुन छाड्यो तैपनि जिन्दगीलाई मृ`त्यु`वरण गराउन लगाउन सकिन । मृ त्युभन्दा झन् धेरै पी`डादायक यहि जिन्दगी बाँच्न थाले म । केही दिन कोठा`भित्रै गु`प्तवास बसे ।
फेरी बल्ल बल्ल आफै`लाई थोरै सम्झा`उने प्रयास गरे । आखिर नीलाको खुशी मेरो उद्देश्य हो त म उसको यो खुशी`लाई किन स्वीकार नगरिदिउँ भन्ने लाग्यो । आफ्नो परिवार पनि पराई झैँ लाग्न थाले । संसारमा म एक्लो महशुस गर्न थाले सवैको संयुक्त चाह भएपछि निरीह म के नै गर्न सक्थे र ? मेरै आँखाअगाडी मेरै प्रेमिका`लाई दाईले घर भित्राउनु भयो । मेरो जिउने आधार टुट्यो, दैवले नि मलाई लु`ट्नसम्म लु`ट्यो ।
हिजो उनलाई हेर्न आतुर मेरा आँखा अब उनलाई देख्ना`साथ तर्सन थालेका थिए । यो कस्तो बिडम्बना ! हामी एउटै छतमुनि थियौ । तर पनि चैन थिएन ।
सम्बन्ध बदलिएको थियो , समय बदलिएको थियो । म झन् नीरिह बन्दै थिए । म मेरो मनलाई एक्लै एक्लै सम्झा`उदै थिए र पुनः पहिलेकै अवस्थामा आफु`लाई ढाल्ने प्रयास गर्दै थिए ।
उनी पनि मेरै विद्यालयमा अंग्रेजी विषय पढाउन थालिन् । उनी हर समय मेरै आँखा`अगाडि हुन्छिन् तर मेरो भएर होईन । मलाई थाहा छ उनीपनि मलाई माया गर्थिन् । यसर्थ उनलाई पनि धेरै अस्वभाविकता त लागेको थियो होला, त्यो परिबेशमा । यसैले पनि हुन सक्छ उनले म प्रतिको व्यबहार एक्कासी परि`वर्तन गरिन् । मसँग नबोल्ने, बोल्नै परे पनि झस्केर बोल्ने गर्न थालिन् ।
गाँउमा सबैले मलाई राम्रो मान्थे । तैपनि गाँउमा गएर मेरा बारेमा नराम्रा कुरा गर्न थालेकी रहिछन् । म प्रेममा मात्र होइन जिन्दगीमा नै हारेको मान्छे, के गर्न सक्थे र ?चुपचाप बसे अनि उनका विरु`द्ध मलाई गर्नु पनि केही थिएन । विवाहको छ महिनापछि नै बुवा आमा र मलाई छाडी उनीहरु छुट्टै बस्न थाले । मलाई अलिकति सहज भयो ।
फेरी पुरानै शैलीले जिन्दगी अगाडी चल्दैछ मेरो । फरक यति मात्र हो कि हिजो मसँग नीला नामकी उत्प्रेरक थिइन, प्रेमिका थिइन्, आज कोही छैन बश यति मात्र हो फरक । म अहिले पी.एन. क्याम्पसमा गणित विषयमा मास्टर गर्दै छुँ । अनि व्यवहार चलाउन शिक्षण पनि गरिरहेकै छु । आज गाँउबाट एकाएक हराएका मेरा २ साथी नील हिरा समाज संस्थामा आबद्ध भएर आफ्नो ईच्छा अनुशारको जिन्दगी जिइरहेका छन् ।
हाम्रो समुदायको अधिकारका बारेमा आवाज उठाउदै छन् उनीहरु । उनी`हरुलाई देखेर खुशी लाग्छ । अनि उनीहरुको त्यो आँट`लाई सलाम पनि गर्न मन लाग्छ । म हिजो खुल्न डराए । अहिले पनि डराएरै आफूलाई खुम्चाएर बाचेको छुँ । ती साथीको अभियानमा प्रत्यक्ष सहयोग गर्न नसकेकोमा पीडा`बोध हुन्छ । उमेर ढल्दै जादाँ भविष्यको चिन्ता पनि लाग्ने रहेछ । आमा बुवाले विवाह गर्न धेरै आग्रह गरिरहनुहुन्छ ।
तर पनि मैले उहाँहरुलाई मेरो चाहना अनि रहर बताउन सकिरहेको छैन ।यसरी थुपै्र आन्तरिक द्वन्द्व छटपटि भित्र बाँचेको छ मेरो जीवन ।बाँचेको पनि के भन्नु मरिराछ भन्नु नै उपयुक्त होला । मैले समयमै आफुलाई आत्मप्रकाशन गर्न नसक्नुको पी`डा जिन्दगी`भरी भोग्ने भएँ । अब जिन्दगीमा एउटै उद्देश्यले जन्म लिएको छ–समाजसेवा गर्ने ।
साथीहरु खुलेर समाजसेवा गर्दै हुनुहुन्छ तर म अप्रत्यक्ष रुपले उहाँ`हरुलाई साथ दिईरहेको छु । सामाजिक चेतना बढ्दो छ । यसर्थ म पनि अब छिट्टै खुलेर समाजमा प्रस्तुत हुन्छु होला । पी`डाको यो जिन्दगी अब धेरै बाँचिरहन सक्दिन म । सायद् यसैको परिणामले हुन`सक्छ , म आज यो मेरो आफ्नै आत्म`कथा सबैलाई सुनाउने जमर्कोमा जुटे । जिन्दगी यस्तै रहेछ कहिले काडाँ अनि कहिले फूल ।