नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा ८ सय बढिकाे उपचार, ५ जनाको हेलिकप्टमार्फत उद्धार

Blog

बाजुरा– नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरेको छ । नेपाली सेना, श्री दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृत सहितको मेडिकल टिमद्वारा भदौ ११ गतेदेखि १३ गतेसम्म बाजुरा जिल्ला स्थित धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा शिबिर संचालन गरिएको दुर्गाभन्जन गुल्मले जनाएको छ । जनैपूणीमाकाे अवसरमा लाग्ने मेला दर्शन गर्न जाने तिर्थयात्रीहरुको सुविधालाई मध्यनजर शिबिर संचालन गरिएको गुल्मपती धमेन्द्र बहादुर सिंहले बताएका छन । बडिमालिकाको त्रिवेणी ईलाकामा र ४२१२ मिटरको उचाईमा रहेको बडिमालिका मन्दिर ईलाकामा हजारौ संख्यामा आएका दर्शनार्थीहरुलाई हुन सक्ने संभावित स्वास्थ्य समस्या निराकरण गर्न निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरि वृहत स्वास्थ्य शिविर संचालन गरिएको गुल्मपती सिंहले बताए ।

मेडिकल क्याम्पको दौरान जटिल तथा सिकिस्त बिरामीहरुको उद्दारको लागि नेपाली सेनाको हेलीक्पटर स्याण्ड वाई राखिएको थियो । स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका पुरुष ५ सय ४५ र महिला ३ सय २१ गरी जम्मा ८ सय ६६ जनाको डाक्टरद्वारा प्रत्यक्ष स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती सिहंले बताएका छन । यसका अतिरिक्त करिब ९ सय ५५ जनालाई स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको गुल्मले जनाएको छ ।
त्यसै गरी जटिल तथा शिकिस्त अवस्थामा पुगेका ५ जना बिरामीहरुलाई मेडिकल क्याम्पमा उपचार पश्चात् नेपाली सेनाको हेलीकप्टर मार्फत रेस्क्यु गरी थप उपचारको लागि जिल्ला अस्पताल बाजुरा तथा अन्य बाहिरी अस्पताल सम्म पुर्‍याईएको जनाएको छ

जसमा कणर्ाली प्रदेश कालिकोट जिल्ला, कलापा गा.पा. वडा नं. १ बाट आएका बर्ष ३९ का धन प्रसाद न्यौपाने त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिए पश्चात निजलाई मेडिकल टिम तथा पट्रोल टिमको सहायताले श्री दुर्गाभन्जन गुल्मद्धारा संचालित मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार गरिएको र थप उपचारको लागि नेपाली सेनाको एन ए ०६१ वेल हेलिकप्टर मार्फत मिति जिल्ला अस्पताल बाजुरामा ल्याइएको र निजको उपचार हुन नसकि सुर्खेत क्षेत्रिय अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा उक्त अस्पतालमा निधन भएको थियो ।

त्यस्तै सुदुर पश्चिम प्रदेश बझाङ्ग जिल्ला जयपृथ्वी न.पा. वडा नं. ९ देवल बसोबास गर्ने बर्ष ६५ झुपू देवी धामीलाई हाई अल्टिच्युड सिक्नेश भई बेहोस भएको हुँदा श्री दुर्गाभन्जन गुल्मद्धारा संचालित मेडिकल क्याम्पमा अक्सिजन सहित प्राथमिक उपचार पश्चात् निजलाई नेपाली सेनाको हेलीकप्टर मार्फत रेस्क्यु गरी उपचारको लागि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएकोमा निजको स्वास्थ्य अवस्था सामान्य भई घर फर्किएको गुल्मपती सिहंले बताएका छन ।

बाजुरा जिल्ला बडिमालिका नगरपालिकामा बसोबास गर्ने बर्ष २३ का भरत बोहरा अचेत अवस्थामा एकल फेला पारि मेडिकल क्याम्पमा ल्याईएको र प्राथमिक उपचारको क्रममा अकस्मात निधन भएको हुँदा नेपाली सेनाको हेली मार्फत रेस्क्यु गरी शवलाई जिल्ला अस्पताल बाजुरामा ल्याई आफन्तको जिम्मामा बुझाईएको जनाएको छ ।
त्यसै गरी सुदुर पश्चिम प्रदेश कैलाली जिल्ला गोदावरी नगरपालिका. स्थित अत्तेरियामा बसोबास गर्ने दम्पत्ति बर्ष ६३ का श्रीमान् ईश्वरी बोहरा र बर्ष ५२ कि उनकी श्रीमती गंगा देबी बोहरालाई हाई अल्टिच्युड सिक्नेश भई अचेत भएको अवस्थामा मेडिकल टिमले त्रिवेणी ईलाकामा फेला पारी निजहरुलाई उपचारको लागि श्री दुर्गाभन्जन गुल्मद्धारा संचालित मेडिकल क्याम्पमा ल्याई निरन्तर प्राथमिक उपचार गरेको र थप उपचारको लागि नेपाली सेनाको हेली मार्फत रेस्क्यु गरी जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको गुल्मले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *