हवल्दार विष्टको त्यो ‘धनगढी दुर्घटना’ र निरुताको यो प्रेम

Blog

आर.एस भट्ट, काठमाण्डौंः सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराका हर्केश विष्ट नेपाल प्रहरीका सहायक हवल्दार हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत विष्ट पछिल्लो १० महिना यता अस्पतालको बेडमा छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

विष्ट गत असोज ७ गते सधैं जसो कार्यालयको काम सकेर घर फर्किने क्रममा थिए। तर त्यो दिन उनका लागि जीवनकै कालो दिन थियो भन्दा फरक नपर्ला। कैलालीको धनगढीमा बस्दै आएका विष्ट २०७९ असोज ७ गते घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परे। हुन त कुनै पनि दुर्घटना सामान्य हुँदैन। तर विष्ट र उनको परिवारका लागि त्यो दुर्घटना कुनै विश्वयुद्ध भन्दा कम छैन।

दुर्घटनामा परेका विष्टको टाउकोमा चोट लाग्यो। चोट मात्रै होइन सोही दुर्घटनाका कारण विष्टले होस नै गुमाउन पुगे। अहिले १० महिना हुँदा उनको बोली सुनिएको छैन। परिवार र विष्टकी श्रीमती निरुता अहिले हर्केशकै बोलिको पर्खाइमा छन्। ‘म उहाँको सेवा गरेर जिवन भर यसै बस्न तयार छु,’ हर्केषकी श्रीमती निरुता विष्टले महेन्द्रनगरपोष्टसँग भनिन्, ‘उहाँले मेरो र मेरी छोरीको नाम लिएर बोल्दिए मात्रै हुन्छ।’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

भनिन्छ, संसारमा माया भन्दा ठुलो केही पनि छैन। सायद यसकै उदाहरण बनेकी छिन्, निरुता विष्ट। दुर्घटनामा परेर श्रीमानले होस गुमाउदा पनि निरुताको साहारा अस्पतालको बेड भन्दा कम छैन। १० महिनादेखि श्रीमानको सेवामा अस्पतालमै रहेकी निरुतालाई जिवनमा लागेको कालो बादल फाटेर पुनः घाम उदाउने आशा कायमै छ। पछिल्लो समय होस गुमाएका विष्टको स्वास्थ्यमा पनि केही सुधार आएको संकेत देखिन थालेको छ। काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत विष्टले पछिल्लो समय आँखा खोल्ने, हात खुट्टा चलाउनेसम्म गर्दै आएका छन्। यसले पनि उनको परिवारको आशामा थप बल थपिरहेको छ।

हर्केश अस्पतालको बेडमा भएपनि निरुताको साहस र आत्मविश्वासमा कुनै गिरावट आएको छैन। आम नेपालीले देखाएको सद्भावकै कारण निरुतालाई समेत बलियो बनाउदै लगेको छ। प्रेम विवाह गरेकी निरुता हलपल श्रीमानकै साथमा हुन चाहान्छिन्। तर, निरुताको खुसीमा खै ? कसको नजर लाग्यो, संगै भएर पनि टाढा भएको अनुभूतिसँगै समय बिताउनुपर्ने अवस्था आएको छ। ‘मैले प्रेम विवाह गरेकी हुँ। मेरो उ बाहेक अरु केही छैन। संसारमा माया भन्दा ठुलो केही छैन। मायाकै कारण मलाई पनि थप बल पुगेको छ। उहाँ विना म बाच्न सक्दिन’ निरुताले भनिन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

हर्केश विष्ट सरकारी कर्मचारी हुन्। त्यो भन्दा पनि उनी एक सुरक्षाकर्मी हुन्। नेपाल प्रहरीमा कार्यरत विष्ट दुर्घटनामा परेपनि उनको उपचारका लागि सरकारले कुनै सहयोग गरेको छैन। प्रहरीको त झन आफ्नै अस्पताल हुन्छ। न्यूरोको उपचार गर्ने अस्पताल नभएपनि आर्थिक रुपमा सहयोग गर्न सकिन्छ। तर, प्रहरी संगठन र सरकारले अपेक्षा अनुसार सहयोग नगरेको निरुताको गुनासो छ।

बरु आम नेपालीले भने विभिन्न माध्यमबाट उनलाई सहयोग गर्दै आएका छन्। अहिले सामान्य तय दैनिक अस्पताल खर्च १५ देखि २० हजार भइरहेको छ। उनलाई अस्पतालमा भर्ना गरेको १० महिना भयो। यो अवधिमा कति खर्च भयो होला अनुमान मात्रै गर्न सकिन्छ। तर, यस्तो अवस्थामा पनि देश तथा विदेशमा रहेका नेपालीहरुले उनलाई आर्थिक सहयोग गरेकै कारण उपचारमा केही सहज भएको छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

तर सरकारले भने आर्थिक सहयोग नगरेको निरुताको गुनासो छ। ‘नेपाली दाजु भाईले सहयोग गर्नु भयो। त्यही सहयोगले अहलिे अस्पतालको विल तिर्दै छु। तर सरकारले भने एक जना कुरुवा मात्रै दिएको छ। आर्थिक सहयोग गरेको छैन’ विष्टले बताइन्।

विष्ट परिवारमा परेको बज्रपात कहिले किनार लाग्छ, थाहा छैन। न्यूरोको समस्या सम्बन्धी डाक्टर पनि एकिन हुन नसक्ने हुँदा अहिले नै केही भन्न सक्ने अवस्था छैन। तर, निरुताले आफ्नो श्रीमान प्रति देखाएको माया, साथ र आत्मविश्वासलाई लाखौं नेपालीले हेरिरहेका मात्रै छैनन्, निरुता हजारौंको प्रेरणाको स्रोत बनेकी छिन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

समस्या पर्दा साथ दिन सक्नु नै माया हो भन्ने उदाहरण बनेकी निरुतालाई अहिले सहजता छैन। त्यसमाथि सरकारले आर्थिक सहयोग नगर्दा उनलाई झन समस्या भइरहेको छ। तर धन र मन भएका अधिकांश नेपालीले उनलाई सहयोग गरेका छन्। थप सहयोग गर्न चाहानेले निरुताको फोन नम्बर ९८६२७१५८९९ मा सम्पर्क गर्न अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *