आगोमा जलेको साढे २ महिना हुँदा पनि आर्थिक अभावका कारण घरमा थला पर्न बाध्य

Blog

दाङ : राजपुर गाउँपालिका ७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेको साढे २ महिना महिना हुँदा पनि आर्थिक अभावका कारण घरमै थला परेकी छन् । गत पुस २९ गते घरमा आगो ताप्ने क्रममा शरीरमा आग लागि भएको उनको आफन्ती भरत घर्तीले बताए । उनका अनुसार आगोबाट दुबै खुट्टा र हात पनि जलेको छ ।

घरमा कोही नहुँदा आगो ताप्ने क्रममा उनी जलेको पनि उनको भनाइ छ । उनले भने,‘ उहाँलाई ज्वरो आएको रहेछ । त्यसैले आगो बालेर ताप्ने क्रममा जल्नु भएछ । आगो तापिरहेको बेलामा बेहोस हुनु भएछ । घरमा अरु कोही रहेनछन् । मैले पनि केही दिन अगाडिमा थाहा पाएको हुँ ।’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यस्तै आफूले थाहा पाएपछि मंगलबार मात्र उपचारको लागि तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा ल्याएको भएयता पनि यहाँ उपचार सम्भव नभएको बताए । उनले भने,‘ अस्पतालमा उपचार गर्न ल्याएका थियौँ । तर, यहाँ उपचार सम्भव नभएपछि बाहिर लैजानु अस्पतालले भन्यो । अब बाहिर उपचार गर्न लैजानको लागि पैसा पनि छैन् ।

निजी मेडिकलबाट दुखाई कम हुने औषधि ल्याएर मेरो घरमा ल्याएको छु ।’ उनका अनुसार विमलाको ८ महिनाकी छोरी रहेकी छन् । उनको श्रीमान भएयता पनि भारतमा गएको बेला सवारी दुर्घटनामा परि घाईते भएपछि मानसिक अवस्था ठिक नभएको पनि उनले बताए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनले भने,‘ भौवा नाका एक त विकट ठाउँ छ । त्यसमा पनि घरमा अरु कोही नहुँदा महिना देखिनसम्म उपचार विना घरमै बस्नु पर्ने बाध्यता भयो । गाउँका युवाहरू पनि कमाउन भारततिर गएका रहेछन् । यातायात सेवा नहुँदा साइकलबाट मुस्किलले ल्याइयो । । हामी जस्ता गरिबदुःखी समय मै उपचार नपाएर मर्नु पर्ने अवस्था रहेको छ । देशका ठूला नेताहरूलाई राज्यले लाखौँ उपचारको लागि खर्च गर्छ ।

तर, हामी जस्ता गरिबदुःखी उपचार नपाएर यसरी बाच्न बाध्य भएका छौँ । यस्तै उनले विमलाको उपचारको लागि सहयोगको याचना समेत गरेको छन् । उनले बच्चा पनि सानो हुँदा र उपचार गर्न बाहिर लैजानु पर्ने भएकाले पनि हेर्नको लागि अरु पनि जानु पर्ने भएकाले खर्च धेरै हुने भएकाले पैसा नहुँदा समस्या भएको पनि बताए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *