जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीले आफुलाई १२ कक्षासम्म पढाएको शिक्षिकाको नागरिकता बनाएका छन्। उनि हुन् उक्त कार्यालयमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुर्यबहादुर थापा।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको आर्दश माध्यमिक विद्यालयमा सुर्यबहादुरले अध्ययान गरेका थिए। उक्त विद्यालयमा सुर्यबहादुर अध्ययन गर्दा शिक्षिका कल्पना बोहोरा कार्कीले पढाएकी थिइन्।
आफुले पढाएको विद्यार्थीलाई कार्यकारी पदमा देखेपछि शिक्षिका कल्पना भावुक बनिन्। कल्पना आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत गएको बेला पुर्वविद्यार्थी सुर्यबहादुरलाई प्रशासकीय अधिकृतको रुपमा देखेकी हुन्।
भावुक हुँदै कल्पना भनिन्, ‘आज मेरो नागरिकताको प्रतिलिपी बनाउनुपर्ने थियो। प्रशासन कार्यलय पुगेपछि मैले नै कक्षा १२ सम्म पढाएको आफ्नो विद्यार्थी प्रशासकीय अधिकृतको रुपमा भएको देखे। सानो उमेरमा ठुलो प्रगति गरेको देख्दा एकदम खुसी लाग्यो। मेरो नागरिकताको प्रतिलिपीमा मेरै विद्यार्थीको हस्ताक्षर हुने भयो। हामी शिक्षकहरुका लागि यो भन्दा ठुलो खुसी र गर्वको कुरा अरु केहि पनि हुने रहेनछ।