बाहिरियो नायिका साम्राज्ञीको रोमान्टिक भाइरल भिडियो, मच्चियो तहल्का (भिडियोसहित)

Blog

समाज र त्यसको सभ्यतालाई नियाल्ने झ्याल भनेको भाषा नै रहेछ। भाषा जानेपछि लेख्न मन लाग्दो रहेछ। त्यसैले मलाई लेख्न गाह्रो लागेन।

तपाई त मनको डाक्टर। मान्छेले कहिले मन रोयो, कहिले मन दुख्यो, कहिले मन बेचैन त कहिले उदास भयो भन्छन्। खासमा मन के हो, मन किन रुन्छ र किन खुशी हुन्छ?

यो प्रश्न वृहत भयो। त्यसको गहिराईमा पुग्न दार्शनिक हिसाबले भन्नुपर्छ। म मानसिक रोगबाट प्रभावित मनलाई उपचार गर्ने विशेषज्ञ हुँ। मेरो दृष्टिकोणबाट भन्दा हाम्रा क्रियाकलाप, सोच, व्यवहार, परिस्थिति र परिवेशले मनलाई प्रत्यक्ष प्रभाव पार्छ। मनले नै मष्तिष्कमा हुने भावनात्मक कुरालाई पनि प्रभाव पार्छ। त्यस हिसाबले भन्दा हाम्रो बौद्धिक चिन्तनको अभिन्न अंग मनलाई मान्नुपर्छ।

मानिसको सोच, विचार र व्यवहारमा मन प्रतिविम्वित हुन्छ भन्न खोज्नु भएको हो?

हो, मनलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। त्यसैले मानिसका हरेक गतिविधिमा मन प्रतिविम्वित हुन्छ। खासमा नकारात्मक सोच र भावानात्मक उद्वेगहरू मष्तिष्कबाट शुरू भएर मनमा पुगेर खेल्छन्। मन मष्तिष्कबाट शुरू हुने विभिन्न विचार खेल्ने खेल मैदान हो।

मान्छेले आफ्नै मनलाई चिन्न र बुझ्न सक्दैनन् भनिन्छ। मनो-चिकित्सक अरूको मनको समस्या पत्ता लगाएर समाधानको कोशिस गर्छन्। मनजस्तो अस्थिर कुरामा पनि निश्चित नियम वा विज्ञान लागू हुने रहेछ, है?

सामान्यतया मानसिक पीडा र दुःख आउने अवस्थालाई नियन्त्रण गर्न एक दिनको प्रयासले हुदैन। त्यस्तो अवस्था नियन्त्रण गर्न एउटा व्यक्तिले निरन्तर एकाग्र भएर छुट्टै अभ्यास गर्नुपर्छ। मनोचिकित्सकले मनलाई पूर्ण नियन्त्रण गर्ने भन्दा पनि मनमा आएका विकार र विकृतिलाई समाधान या कम गरेर स्वाभाविक अवस्थामा फर्काउने हो।

मन विचलित हुने विभिन्न आयाम छन्। चिकित्सकीय दृष्टिकोणले भन्दा मनमा रोगको रुपमा विकार आउँछ, त्यसलाई चिकित्सकले समाधान गर्ने हो। त्यसबाट सामाजिक प्रभाव, संस्कारजन्य प्रभाव र अन्य विविध कारणले मनमा आएका विकृति चिकित्सकले नियन्त्रण गर्न सक्दैन।

चार दशकको व्यावसायिक जीवनमा विभिन्न मानिसको मनको नजिक पुग्नु भयो। खासमा नेपालीको मन चाहीँ कस्तो रहेछ?

हामी एक-अर्कालाई अनेक कुरा भन्छौं, तर मैले चिनेका अरू देशका मान्छेभन्दा नेपाली धेरै उदार, धेरै सहनशील र आशावादी छन्। यसको उदाहरण खोज्न टाढा जानै पर्दैन, वैदेशिक रोजगारीमा जाने युवा हेरेपुग्छ। आफ्नो देशमा काम नपाए पनि अर्को देशमा दुःख गरेर परिवार पाल्छु भन्ने हिम्मत लिएर जान्छन्। यो हिसाबले हेर्दा नेपाली आशावादी र कर्मयोगी हो।

कतिपयले नेपालीले अरूको चियोचर्चा बढी गर्छ भन्छन्। वास्तै नगर्नु भन्दा त चर्चा गर्नु ठीक हो जस्तो लाग्छ।

यो त मनोचिकित्सकको अनुभव भयो। एक मान्छेको रुपमा नेपालीको मनको विषयमा यही निष्कर्ष निस्किन्छ छ?

समाज र मान्छेको मनलाई हेर्न मनोविश्लेषक हुनुपर्छ भन्ने छैन। मान्छे कुन मनोदशामा छ भन्ने मात्र होइन, समाज कुन मनोविज्ञानमा चलेको छ भन्ने कुरा पनि सुक्ष्म तरिकाले हेर्दा थाहा हुन्छ। कुनै पनि शहरको सार्वजनिक ठाउँमा गएर मानिसका कुरा सुन्यो भने धेरै थाहा हुन्छ। तर, त्यसको लागि तपाईसँग मानिसले गर्ने कुरा ख्याल गर्ने क्षमता र जिज्ञासु स्वाभाव चाहिन्छ।

किताबमा धेरै नै अविस्वसनीय र पीडादादायी केस हेरेको उल्लेख गर्नु भएको छ। त्यतिवेला एउटा मनोचिकित्सकको मनमा के कस्ता विचार आउँछन्, कस्तो विचार र मानसिक अवस्थाबाट गुज्रिनुपर्छ?

हामी मानसिक रोगका चिकित्सकमा प्रचलित एउटा जोक छ- मानसिक रोगका बिरामी हेर्दाहेर्दै चिकित्सक नै मानसिक रोगी हुने त होइन। तर, त्यस्तो हुदैन। किनकि, हाम्रो पेशाको स्वभाव नै बिरामीका अन्तरङ्ग जीवनका विभिन्न जटिल घटना र अनुभव थाहा पाउनुपर्ने खालको हो।

दैनिक जीवनमा नसुनिने, नदेखिने र कल्पना भन्दा बाहिरका धेरै घटना र भोगाई हामी देख्छौ, भेट्छौ, तर कहिल्लै पनि त्यस्ता घटनाले आश्चर्य बनाउँदैन। किनकि, त्यस्ता घटना मानिसको जीवनका घट्न सक्छन्। बिरामीका कुरा सुनेर ‘ओहो, तपाईलाई यस्तो भएछ, विचरा’ जस्ता शब्द तथा अनौठो व्यवहार गर्‍यौं भने बिरामीलाई नकारात्मक असर पर्छ।

हुन् त चिकित्सकहरू पनि मानिस नै हुन्। उनीहरूमा पनि संवेदनशिलता हुन्छ। उनीहरू पनि निराश हुन्छन्। डाक्टरहरूले पनि आत्महत्याको प्रयास गरेका हुन्छन्। त्यसैले अन्य विधाका चिकित्सकभन्दा बढी मनोचिकित्सक तनावमा हुन्छन्।मनोचिकित्सक बनेर आएपछिका शुरुआति दिन कस्ता थिए, कसरी काम गर्नुभयो?

डरलाग्दो थियो, किनकि मभन्दा अघि तीन जनाले मात्र मनोचिकित्सा पढेका थिए। म चौथो मनोचिकित्सक भएर नेपालपछि चार-पाँच महीना बेरोजगार भएर बसेँ। बल्लतल्ल काम पाए, त्यो पनि दैनिक ज्यालादारीमा। एक वर्षसम्म ज्यालादारीमै काम गर्नुपर्‍यो।

अझै पनि धेरै मानिस मानसिक स्वास्थबारे सचेत छैनन्। किन यस्तो भयो?

यसको महत्त्व र आवश्यकता नबुझ्ने कर्मचारीतन्त्र भएकाले पनि विकास नभएको हो। अहिले स्वास्थ्य मन्त्रालयमा मनोचिकित्सक नै स्वास्थ्य सचिव छन्, तर मानसिक रोगको क्षेत्रलाई विकास गर्ने कुनै प्रयास भएको देखिन्न। मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले ‘लबिइङ’ नगरेकाले पनि विकास नभएको हो कि।

मनोविज्ञानको पढाइ नगरेका मान्छेले पनि मनोपरामर्श दिइरहेका छन्। यसले कस्तो असर गर्छ?

परामर्श केन्द्रहरूले अपवादबाहेक धेरैले व्यावसायिक रुपमै काम गरिरहेका छन्। धेरै ठाउँमा लागूऔषधको लत हटाउने भनेर पुनर्स्थापना केन्द्र खोलिएका छन्, जसमा कुनै मापदण्ड पालना गरिएको नै छैन। राज्यले अनुगमण नगर्ने भएकाले उनीहरूले मनपरी गरिरहेका छन्। भेडाबाख्रा जसरी थुनेर राम्रो सेवा दिन सकिँदैन।

मनोपरामर्श भनेको पनि विज्ञान हो। त्यसको एउटा बिधि हुन्छ। गलत तरिकाले गर्दा बिरामीलाई हानी गर्छ। नेपालमा मनोपरामर्शदाताको लागि लाइसेन्स परीक्षा, अनुगमन, नियमन र कुनै मापदण्ड नबनाएको फाइदा उठाउँदै केही ठाउँमा गलत अभ्यास पनि भएका छन्।

अन्त्यमा, आगामी लेखनको योजना के छ?

लेख्ने योजनामा छु, तर कहिलेसम्म सकिएला भन्न सक्दिनँ। यो किताबमा मानसिक रोगका बिरामी हेर्दा आफूले देखेका र भोगेका कुरा एकसरो मात्र लेखें। अब एउटा बिरामीको कसरी बिरामी भयो र बिरामी भएपछि उसको जीवनमा के कस्ता प्रभाव परे भन्ने विषयमा समाजका विविध आयाम जोडेर लेख्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *