बाघसँग लडाई गरेर ज्यान वचाएकी माईतीकुमारीको उपचार हुँदै

Blog

बाघको आक्रमणमा परेपछि ज्युँदो फर्कनु चानचुने कुरा होईन। तर, हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडी एक महिला बाघसँग लडाई गरेर आफनो ज्यान बचाउन सफल भएकी छिन् ।

घाँस काट्ने एउटा कचियाको सहारामा बाघको मुखबाट फिर्ता भएकी स्थानीय ५७ वर्षीया माइतीकुमारी बयलकोटीको साहस देखेर अहिले स्थानीयवासी आस्चर्यचकित भएका छन् ।

हर्नामाडीको मानेडाँडा बस्ने उनी बुधवार करिब अपराह्न ४ बजे घाँस काट्न जाँदै थिईन। यही क्रममा उनले बाघले आक्रमण गर्यो। बाघको आक्रमणबाट घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

रामधुनी सिम्सारमा घाँस काट्न जाँदै गर्दा बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको ढाड, गाला र ओठमा चोट लागेको छ। घाइते माइतीकुमारीको अवस्था बुझ्न भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ, हेटौँडा–४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देललगायत अस्पताल पुगेका थिए ।

उनी बाघको मुखबाट बच्न सफल भएको सिग्देलले जानकारी दिए । ‘बाघको आक्रमणबाट घाइते हुनुभएको छ । उहाँले कचियाको भरमा बाघसँग जुधेर बाँच्न सफल हुनुभएको बताउनुभयो,’ वडाध्यक्ष सिग्देलले भने ।

मंगलबारदेखि नै हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक थियो । मंगलबार स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले बुधबार स्थानीय राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको जनाइएको छ ।

गाउँमा बाघले निरन्तर रूपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

भर्खरै
‘मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु’
‘मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु’

“मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु।” टर्की भुकम्पमा पुरिएका दिदिभाइले भनिरहेका थिए (भिडियो सहित)

सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पपछि जताततै विनाश मात्रै देखिएको छ । भवनको भग्नावशेषबाट शव निकाल्ने प्रक्रिया जारी छ । तर यी सबैको बीचमा केही यस्ता तस्विरहरु पनि बाहिर आएका छन्, जुन कुनै चमत्कार भन्दा कम छैनन् । उत्तरी सिरियामा भूकम्प गएको ३६ घण्टापछि भग्नावशेषमुनि दिदीभाइलाई जिउँदै निकालिएको छ ।

अमेरिकी समाचार वेबसाइट सीएनएनको रिपोर्ट अनुसार बेसनया-बसईनेह सिरियाको हरम शहर नजिकैको एउटा सानो गाउँ हो। यहाँ पनि भूकम्पले ठूलो क्षति पुर्याएको छ । उद्धार टोली यहाँ पुग्दा एक बालिका र उनका भाइलाई भग्नावशेषमुनि जिउँदै थिचिएको देखेर उनीहरु छक्क परेका थिए । ती बालिकाले उद्धारकर्तालाई भनिन्, “मलाई यहाँबाट लैजानुहोस्, म जे भन्नुहुन्छ त्यही गर्छु, म जीवनभर तिम्रो दास भएर बस्छु।” त्यसमा उद्धारकर्ताले जवाफ दिए… होइन, होइन।

त्यसपछि उद्धार टोलीले बालिका र उनका भाइलाई बाहिर निकालेको थियो । बालिकाको नाम मरियम हो । भूकम्प जाँदा उनी भाइसँग ओछ्यानमा सुतेकी थिइन् । मरियमको भाइको नाम इलाफ हो। मुस्तफा जुहेर अल-सयदले भने कि उनकी श्रीमती र तीन बच्चाहरू सुतिरहेका थिए। त्यसपछि यो भूकम्प आयो । हामीले जमिन हल्लिएको महसुस गर्यौं। यसैबीच घरको भग्नावशेष हामीमाथि पर्न थाल्यो । हामी दुई दिनसम्म भग्नावशेषमुनि दबिएका थियौं । उनले भने, ‘यस समयमा मैले यो कसैलाई नहोस् भनेर मात्र सोचेँ ।’

जब मुस्तफा जुहेर र उनको परिवार भग्नावशेषमुनि दबिएका थिए, उनी ठूलो स्वरमा कुरान पढिरहेका थिए र प्रार्थना गरिरहेका थिए ताकि कसैले उनको आवाज सुनेर सहयोग गरोस्। त्यसपछि मानिसहरूले उनको आवाज सुने र मद्दत गर्न अगाडि आए। पहिले उनी, उनकी श्रीमतीको उद्धार गरियो। यसपछि उनीहरुका सन्तानलाई बचाइएको थियो । उनले उद्धारकर्तालाई धन्यवाद दिए ।

अल-सयदको घर इदलिब क्षेत्रमा पर्छ। यो क्षेत्र विद्रोहीको नियन्त्रणमा छ । यहाँ अहिलेसम्म १२२० जनाको मृत्यु भइसकेको छ । जबकि सयौं भवन ध्वस्त भएका छन्। योसँगै सरकार नियन्त्रित सिरियामा हालसम्म ८१२ जनाको मृत्यु भइसकेको छ । यति मात्र होइन मृतकको संख्या पनि बढ्न सक्ने सम्भावना छ ।

सोमबार बिहान ४ बजे टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसले टर्की र सिरियामा ठूलो विनाश निम्त्यायो। भूकम्पका कारण अहिलेसम्म करिब ९ हजार जनाको मृत्यु भइसकेको छ । टर्कीमा ५ हजार ८ सय ९४ जनाको ज्यान गएको छ भने ३४ हजार ८ सय १० जना घाइते भएका छन् ।

योसँगै सिरियामा २१ सय जनाको ज्यान गएको छ । टर्की र सिरियामा गएको भूकम्पबाट करिब ११ हजार भवन ध्वस्त भएका छन् । टर्कीमा ८ हजार मानिसको उद्धार गरिएको छ । यहाँ ५५ हजारभन्दा बढी उद्धारकर्ता उद्धारमा संलग्न छन् । भिडियो हेर्न यहीँ थिच्नुहोस ।

म्याग्दी, २५ माघः म्याग्दीको बेनी नगरपालिका–७, इन्द्रेणीटोलका राजु र पूर्ण राम्जालीले घरको छतमा फलाउनुभएको स्ट्रबेरी । राम्जाली दम्पत्तीले घरको छतमा कौसी खेती गर्नुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि : हरियो तरकारी र फलफूलको मुल्य आज कति :काठमाडौ, २५ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको
समितिले जनाएको छ ।

बुधबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, जिराको साग र रायो सागको ४० रुपैया, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *