चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रेफर

Blog

टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रेफर
धनगढी खबर धनगढी खबर
Location बैतडी
Time एक दिन अगाडि
Time ३६ सेकेन्ड पाठ
बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीको धनगढीमा उपचार भैरहेको छ। जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।पुजालाई बिहीवार मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमण पछि घाइते किशोरीलाई उद्धार गरेर मेलौली स्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचार पछि डडेल्धुरा रेफर गरिएको थियो ।

टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनको अहिले मायामेट्रो अस्पतालमा आईसियूमा राखेर उपचार भईरहेको छ । बिहीवार गाउँका चार÷पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *