भारत–पाकिस्तान म्याचमा वर्षा बाधक

Blog

एसिया कपको सुपर ४ अन्तरगत भारत र पाकिस्तानबीचको म्याच वर्षाले अवरुद्ध बनिरहेको छ। यदि आज थप खेल सम्भव नभए भोलि अहिलेकै अवस्थाबाट भारतले खेल्न सुरु गर्ने छ। वर्षा सुरु हुनुअघि भारतले विष्फोटक ब्याटिङ गर्दै २४.१ ओभरमा १४७ रन बनाइसकेको छ। ६ भन्दा माथिको रनरेटमा दौडिरहेको भारत विशाल स्कोरतर्फ अग्रसर छ। हातमा ८ विकेट बाँकी छन्।

खेलमा नतिजा आउनका लागि पकिस्तानले कम्तिमा २० ओभर ब्याटिङ गर्न पाउनुपर्छ। यदि भारतले थप ब्याटिङ गर्न पाएन र पाकिस्तानलाई सिधै जवाफी ब्याटिङका लागि बोलाइयो भने उसले २० ओभरमा १८१ रनको टार्गेट पाउने छ। यदि अहिलेकै अवस्थाबाट खेल अगाडि बढ्न सकेन भने भोलि फेरि यही बिन्दूबाट सुचारु हुन्छ।अर्थात् भारतले १४७÷२ बाट खेल्न सुरु गर्छ।

यस्तोमा दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन्। तर, भोलि पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ। अहिलेसम्म भारत बलियो स्थितिमा छ। ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात दिलाए। त्यसपछि दुवै ओपनरलाई पेभिलियन फर्काएर पाकिस्तानले खेलमा कमब्याक गरेको छ। पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङमा बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *