छोरा आउने आसै आशमा जिन्दगि कटाएकी आमाको रुवाउने कथा,गाइ बाख्रा मेरा साथि (हेर्नुस भिडियो सहित)
कृपया यो पनि पढ्नुस : नेपालमा मनसुनी वर्षा कहिलेसम्म रहन्छ?
काठमाडौं : नेपालमा यस वर्ष आगामी असोज १५ गते (अक्टोबर २ तारिख) सम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ ।
गत जेठ ३१ गते (जुन १४ तारिख, सन् २०२३) बाट मनसुन प्रवेश गरेको थियो ।
नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिइन् ।
हिजो साँझ काठकाडौं लगायत देशका विभिन्न भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भएको थियो।
आज पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।