मेची नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलाको उद्धार

Blog

मेची नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले इलाम जिल्ला रोङ गाउँपालिका- ६ बस्ने ४० वर्षीया सोमा तामाङलाई सकुशल उद्धार गरेको हो ।

शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा मेची नदीमा हाम फालेकी तामाङलाई बगाएको भन्ने खबर पाउन साथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरीङको टोलीले मेचीनगर नगरपालिका- १ स्थित तिरिङ दोभानबाट ती महिलालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए । उद्धार गरिएको महिलालाई उनका श्रीमान् धिरेन राई र दाजु दुर्गा लामालाई जिम्मा लगाइसकेको उनले बताए । नदीमा हाम फालेको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *