बाजुरामा एक समुहद्धारा २ युवकमाथि कुटपिट

Blog

बाजुरा। बाजुरामा एक समुहले २ जना युवकमाथि कुटपिट गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा लगेर खुकुरी, नक, काठले कुटपिट गरेको आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको बताए। सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको र संलग्नको खोजी कार्य भैरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *