खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते

Blog

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ।

शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले सेतोपाटीलााई बताए।

खुकुरी प्रहारबाट थप दुई जना घाइते समेत भएका छन्।खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्।उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए।

डिएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै कुनै रिसिबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेको हो।‘घटनाबारे थप अनुसन्धान हुन बाँकी छ,’ डिएसपी पोखरेलले भने, ‘आरोपितलाई हामीले नियन्त्रणमा लिइसकेका छौं।

स्थानीयका अनुसार गाउँलेमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका थिए। उनी रोजगारीको शिलशिलामा भारत गएर फर्किएका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *