संस्थागत विद्यालय शिक्षक यूनियनले काठमाडौं महानगर भित्रका विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई आफू काम गर्ने विद्यालयले सरकारी सरह तलब दिए नदिएको जानकारी गराउन अनुरोध गरेको हो।
यूनियनका अध्यक्ष होमकुमार थापाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शिक्षाका माथिल्ला निकायदेखि तल्ला निकायहरूसम्म बारम्बार हाम्रा समस्याहरू राख्दा कुनै प्रतिक्रिया नआइरहेको बेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट जुन अभिव्यक्ति आएको छ त्यो अत्यन्त स्वागतयोग्य छ। हाम्रो यसमा स्वागत, समर्थन र सहयोग पनि छ। देशभरका सम्पूर्ण पालिकाहरूलाई यसै विज्ञप्ति मार्फत शिक्षकहरूको न्यूनतम सरकारले तोकेको तलब प्राप्त गर्ने अधिकारका पक्षमा न्याय दिलाउन आह्वान गर्दछौ।’