धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर झिकेपछि…

Blog

धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।

महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए।

बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए। यो विषयमा अस्पतालका निर्देशक डाक्टर दिपक सिंहसँग कुरा गर्दा आमाको स्वास्थ्यमा सुधार भइसकेको बताए। शनिबार नै आइसियुमा राखिएका खातुनलाई सोमबार जनरल वार्डमा सारिएको र आमाको स्वास्थ्यमा कुनै समस्या नरहेको डाक्टर सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *