अब अनलाईनबाटै ५ लाख रुपैयाँ सम्म ऋण पाईने,के-के चाहिन्छ कागजात?सजिलैसंग पाउनुहोस ऋण

Blog

काठमाडौं ।

अब अनलाईनवाटै ५ लाख रुपैया सम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय (अनलाइन) माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यसका केही प्रावधानहरु छन् । महिनामा निश्चित आम्दानी भएका र बैंकमा तलब जम्मा हुनेहरुका लागि यो निकै राम्रो अबसर हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले शुक्रवार उक्त निर्देशन जारी गरेका हुन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाहरुको लागि उक्त मार्गदर्शन जारी गरिएको हो ।

उक्त मार्गनिर्देशन जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तलबी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रु।

५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने भएको हो ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान÷फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने उक्त मार्गदर्शनमा उल्लेख छ ।

ग्राहकसँग कर्जाको आवेदन लिंदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबात समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्ने छन् ।

पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख बृद्धि भएपछि उक्त मार्गदर्शन जारी भएको राष्ट्र बैंकले जानएको छ ।

विद्युतीय कर्जा सम्बन्धी मार्गदर्शनको मूल उद्देश्य सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहज रुपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असुली कार्यलाई सहजीकरण गर्नु हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भौतिक उपस्थिति बिना प्रविधिमा आधारित भई कर्जासँग सम्बन्धित सेवा प्रवाह हुने भएकाले सेवा प्रदान गर्ने संस्था र सेवाग्राहीको श्रम, समय र लागत आदिमा बचत हुने र यदाकता देखिने महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाई कर्जा प्रवा गर्न सघाउ पुग्ने मार्गदर्शमा उल्लेख छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *