क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील

Blog

नेपालगञ्ज / नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ । ६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

हस्तकला, चित्रकला, गीत–संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतिबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज – ९ बाँके गाउँस्थित आफनो घरको दोस्रो तल्लाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।

कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले नि:शुल्क अवलोकनको अवसर दिँदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् । जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यति बेला उपचारमा आर्थिक अभाव छ ।

कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर यबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ । सहयोगका लागि श्यामानन्द सिंह, ग्लोबल आइएमइ बैंक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न सक्नु हुने छ ।

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा र कामना छ – घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापीत गरिदियोस् । झन्डै सय सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *