महोत्तरीको गौशाला नगरपालिका–५ की १९ वर्षिया किशोरी सुनिता (नाम परिवर्तन) माथि परिवारै मिलेर देवरबाट ब’ला’त्का’र गराईएको घट्ना सार्वजनिक भएको छ।
गत असारमा मागी विवाह गरेका एक किशोरले सुनितालाई आफुसहित लागेर भाईसँग शारीरिक सम्पर्क गराएको घट्ना वाहिरिएको हो । श्रीमानबाट सन्तान सम्भव नहुने भएपछि ती पीडित किशोरीलाई परिवारका सदस्यले देवरसँग शारीरिक सम्बन्ध गराउँदै आएको छिमेकीले बताएका छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
स्थानीयवासीका अनुसार किशोरीका श्रीमानको यसअघि नै तीन युवतीसँग विवाह भएको थियो। विवाह गरेको केही समयपछि नै मानसिक र शारीरिक तनाव दिएपछि उनिहरुले सम्बन्धविच्छेद गरेको उनिहरुको भनाई छ।
पछिल्लो पटक विवाह गरेकी सुनितालाई देवरबाट ब’ला’त्का’र गराएपछि पीडितले गत साता इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिइन्। आइन्दा बुहारीलाई कु’टपिट नगर्ने, नागरिकता, विवाहदर्ता बनाइदिने लिखित सर्तसहित प्रहरीले उनलाई ससुरा र पतिको जिम्मा लगाई दियो। त्यसपछि पनि कुटपिट नरोकिएपछि उनी फेरी प्रहरी कार्यालय पुगिन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
कुटपिटबाट उनका हातखुट्टा, टाउको र अन्य भागमा चोट लागेको छ। उनको स्थानीय स्तरमा उपचार भइरहेको छ। उनले देवरसँग जर्बजस्ती शारीरिक सम्बन्ध कायम राख्नका लागि विवश पारिएको प्रहरीसमक्ष बताएकी छन्। यद्यपी समस्या वढ्दै गएपछि ससुराले मन्दिरमा लगेर देवरसँग विवाह गराई दिएको पीडितले वताईन।
श्रीमान हुँदाहुँदै देवरसँग शारीरिक सम्बन्ध राख्न नमान्दा श्रीमान्, देवर, नन्द र ससुराले मुखमा कपडा कोचेर कुटपिट गर्दै आएको किशोरीले बताईन। राति श्रीमानसँगै हुँदा पनि देवर कोठामा आएर लछार्दै आफ्नो कोठामा लाने गरेको पीडितको गुनासो छ। ‘नजाँदा देवरले कुटपिट गर्छन्। यसो हुँदासमेत बेडमा पल्टिएका श्रीमान् मौन भई तमासा हेर्छन’ पीडितले भनिन्–‘श्रीमानले बचाउ गर्नुको सट्टा भाइको पक्षमा लागेर कुटपिट गर्न थालेपछि म वेसहारा भएँ।’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
पीडक परिवारले विवाह गर्दा समेत भाईको फोटो देखाएर दाईसँग विवाह गराएको किशोरीको गुनासो छ। जानकारी अनुसार किशोरीका बुवा भारतको पञ्जावमा मजदुरी गरिरहेका थिए। उतै हुँदा मोवाईलमा पठाएको फोटो हेरेर उनी छोरीको विवाह गर्न तयार भए। दुवैतर्फका परिवारका सदस्यको उपस्थितिमा मन्दिरमा विवाह भयो। विवाहअघि लमीले आफूलाई पठाएको फोटो ज्वाइँको नभई भाइको रहेको पछि थाहा पाएको किशोरीका पिताले वताए।