मान्छेमाथि आक्रमण गर्न थालेपछि भीमेश्वरमा राँगोलाई गोली हानी मारियो

Blog

न्यूज दोलखा । दोलखा – जिल्लाको भीमेश्वर नगरपालिकामा राँगोले मान्छेमाथि आक्रमण गर्न थालेपछि राँगोलाई गोली हानी मारिएको छ ।

भीमेश्वर नगरपालिका–५ पुछारमाटीमा बीउको लागि राखिएको राँगोले दिनप्रतिदिन मान्छेमाथी आक्रमण गर्न थालेपछि प्रहरीले राँगोलाई गोली हानी मारिएको हो ।

राँगोको आक्रमणबाट ६० वर्षीया सावित्रा बस्नेत घाइते भएकी छन । उनको अहिले धुलिखेल शाखा अस्पताल दोलखामा उपचार पश्चात् थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

स्थानीय भगवान बस्नेतको घरमा पालिएको सो राँगोले उनकी श्रीमती सावित्रालाई मात्रै नभई अन्य स्थानीयहरुलाई पनि आक्रमण गरेको स्थानीयले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *