कञ्चनपुरको बेलौरीबाट भारत हुँदै कोरिया जान्छु भन्ने २ किशोरीको उद्घार

Blog

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्घार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्घार गरेको हो।

बेलौरी( १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्घार गरि आफन्तको जिम्मा लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *